जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ। कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ। कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो।
काठमाडौँ, ३१ साउन । जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु–चौपाया तथा मानिस समेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि भुम्लु गाउँपालिका–१ सापिङमा रेबिजबाट पशु–चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।सात दिनपछि दोस्रो […]
कञ्चनपुर । लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्य चौकीलाई बिहीवार उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ । केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताए । २६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य चार लाख ९७ हजार रहेको छ ।
स्वास्थ्य चौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्ल्यूएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभुली स्वास्थ्य चौकीमा मात्रै रहेको छ ।
यसैगरी जिल्लामा ८६ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउन जिल्लाका नौ स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालू आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो । भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने उनले बताए । ‘चालु आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ,’ उनले भने, ‘दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौं । अभियान निरन्तर जारी रहन्छ ।’ एक पटक खोप लगाईसकेपछि ३ वर्षका लागि ढुक्क हुने उनको भनाइ छ । रासस
काठमाडौं । “मास्क लगाउने, स्वास्थ्यका मापदण्ड पालना गर्र्ने त दोस्रो प्राथमिकताको कुरा अहिलेलाई ज्यान कसरी बचाउने भन्ने चिन्ता छ, राजापुरका बाढी प्रभावितलाई । हामी पनि कतै जलमग्न बाटो छिचोलेर कतै प्रहरीको सहयोगमा डुंगा चढेर भर्खरै त्यही क्षेत्रमा औषधि वितरण गरेर फर्किएका छौँ । यहाँका प्रभावितहरू अहिले रोगको भन्दापनि भोकको चिन्तामा...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षापछि बाढीपहिरो र डुबानपछिको महामारीजन्य रोग नियन्त्रण गर्न व्यवस्थापनलाई तीव्र बनाएको छ। विपद्का बेला चाहिने स्वास्थ्य सेवाका लागि सम्पर्क ब्यक्तिसहित टोली खटाउने तयारीमा स्वास्थ्य मन्त्रालय लागेको छ।
स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद् ब्यवस्थापन इकाई प्...
सिन्धुपाल्चोक- वर्षायाममा हुनसक्ने झाडापखाला, आउँ जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि सिन्धुपाल्चोकका १४ स्थानमा आकस्मिक औषधि भण्डारण गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख...