महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ। कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो।

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

कञ्चनपुर । लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्य चौकीलाई बिहीवार उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ । केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताए । २६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य  चार लाख ९७ हजार रहेको छ । स्वास्थ्य चौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्ल्यूएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभुली स्वास्थ्य चौकीमा मात्रै रहेको छ ।      यसैगरी जिल्लामा ८६ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउन जिल्लाका नौ स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई खोप लगाइएको हो ।      भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालू आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो । भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने उनले बताए । ‘चालु आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ,’ उनले भने, ‘दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौं । अभियान निरन्तर जारी रहन्छ ।’ एक पटक खोप लगाईसकेपछि ३ वर्षका लागि ढुक्क हुने उनको भनाइ छ । रासस

सिन्धुपाल्चोकमा १४ ठाउँमा आपत्कालीन औषधि भण्डारण

सिन्धुपाल्चोक- वर्षायाममा हुनसक्ने झाडापखाला, आउँ जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि सिन्धुपाल्चोकका १४ स्थानमा आकस्मिक औषधि भण्डारण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख...