लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, ‘रक क्लाइम्बिङ’,मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेको छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए […]