पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् । यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छ