गोपाल हमालले गरे विवेकशीलबाट राजिनामा

धनगढी – विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्। हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन्। उनले राजिनामा पत्रमा भनेका छन ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् ।’ पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख […]

सम्बन्धित सामग्री

गोपाल हमालले गरे पदभार ग्रहण (तस्बिरसहित)

धनगढी – धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन । उनले साईत हेरायर ११ बजेर १५ मिनेटमा पदभार ग्रहण गरेका हुन । सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजारभन्दा बढी मत अन्तरले विजयी भएका थिए। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले […]

धनगढीमा गोपाल हमाल जीतको नजिक

काठमाडौं, ४ जेठ । धनगढी उपमहानगरपालिकामा गोपाल हमाल जीतको नजिक पुगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर मतले पछि पार्दै १० हजार मत कटाइसकेका छन् । हमालले १० हजार ८२५ मत पाउँदा गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५१६६ मत पाएका छन् । एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् । २०७४ को स्थानीय चुनावमा हमाल स्वतन्त्र […]

४ हजार ३५२ मत गन्दा धनगढीमा गोपाल हमाल ७९४ मतले अगाडि

धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। ४ हजार ३५२ मत गणना हुँदा हमालले १ हजार ९५६ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नृप वडले १ हजार १६२ मत ल्याएका छन् भने तस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ३१५ मत ल्याएका छन्।

धनगढी उपमहानगरमा गोपाल हमाल कांग्रेस भन्दा ४४३ मत अगाडि

धनगढी – कौलालीको धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। हालसम्म २ हजार ४ सय ५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र […]

धनगढी उपमहानगरमा स्वतन्त्रले अग्रता बढाए

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १ हजार १५३ मत गन्दा हमालले ५२४ मत ल्याएका हुन् । धनगढीमा सत्तारुढ दलको गठबन्धन रहेको छ ।धनगढी उप-महानगरको स्थिति :गोपाल हमाल ( स्वतन्त्र ) : ५२४नृप बहादुर ओड ( काँग्रेस ) : ३३७रणबहादुर चन्द ( एमाले ) : ४९

धनगढी उप–महानगरको प्रारम्भिक मतगणना : स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि

धनगढी, ३१ वैशाख : धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिएका छन् । एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।

धनगढीमा गोपाल हमाल : विद्रोही र स्वतन्त्र मतदाताको भर

२७ वैशाख, धनगढी । सुदूरपश्चिम नेपालका चर्चित व्यवसायी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा दोस्रो पटक स्वतन्त्र उम्मेदवार बनेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित भएका थिए । बीचमा केही समय हिन्दु राष्ट्र पक्षधर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले त्यो जिम्मेवारी छाडेर […]

जनताले मौका दिए नमूना काम गरेर देखाउँछुः गोपाल हमाल

धनगढी – धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। जनताले विश्वास गरेर चुनाव जिताएमा धनगढीलाई सबैले चिन्ने सहर बनाउने प्रतिबद्धता हमालले व्यक्त गरेका हुन्। आफ्नो प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गर्दै हमालले आफूलाई धनगढी उपमहानगरपालिकाले स्थापित गराएको भन्दै अब धनगढीलाई ‘नमुना’ सहर बनाउनका लागि मेयर पदमा उम्मेदवारी दिने […]