दुबै नेताको गृह जिल्ला झापा । विगतमा दुई पार्टी बीचको चुनावी तालमेलकै बलमा एकअर्का विजयी भएको । तर, राप्रपाको महाधिवेशनपछि खासै राम्रो सम्बन्ध नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ । राप्रपाको एकतामा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुँदा एमाले अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरेनन् । ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएपछि दुई नेताबीच सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा विश्लेषण हुँ