भोलीबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने

काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँका यी क्षेत्रमा आजदेखि बिजुली जाने

काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा आज विहान ८ बजे देखि दिउँसो २ बजेसम्म विजुली जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।

काठमाडौँका यी ठाउँमा आज १० बजेदेखि २ बजेसम्म बिजुलीको लाइन काटिने

काठमाडौँ- काठमाडौँका विभिन्‍न आज बिजुली जाने भएको छ । बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म चाबाहिलदेखि बौद्धलगायतका क्षेत्रमा चार घण्टा बिजुली जाने भएको हो । विद्युत् प्राधिकरणका अनुसार चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली...

आज लक्ष्मी पूजा गर्ने रात भएकाले जतिसक्दो धेरै बिजुली बाल्न कुलमानको आग्रह

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज लक्ष्मी पूजाका दिन बेलुका जतिसक्दो धेरै बिजुली बाल्न अनुरोध गरेका छन् । घर, कार्यालय झिलिमिली बनाउन जतिसक्दो धेरै बिजुली बाल्न उनले अनुरोध गरेका हुन् । आज कुनै क्षेत्रमा पनि विद्युत आपूर्तिमा समस्या नआओस् भन्नका लागि आफूहरु बिहानैदेखि खटिरहेको घिसिङले बताएका छन् । घिसिङ आफैँले वितरण विभाग प्रमुख मनोज सिलवाललाई लिएर काठमाडौँका विभिन्न सबस्टेसन र वितरण केन्द्र पुगेर निरीक्षण पनि गरेका छन् । लक्ष्मीपूजाको दिनमा पनि ४ सय मेगावाट बिजुली भारतमा निर्यात गर्नुपरेको र अझै करिब ५ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको घिसिङको भनाई छ । आज कुनै पनि क्षेत्रमा बिजुली जाने अवस्था आउन नदिन र यदि कुनै स्थानमा समस्या आएमा तत्काल समाधान गर्न नो–लाइटको टिम तयारी अवस्थामा रहेको पनि बताएका छन् । स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरबमर, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखालका सबस्टेसनलाई चुस्त दुरुस्त अवस्थामा राखिएको उनको दाबी छ ।

प्रदेश २ का आठ जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाइने

काठमाडौं । झन्डै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको प्रदेश नं २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको शुरुआत गरिएको छ । विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गरी उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले बताएको छ । सो परियोजनामा ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ । आयोजनाका संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनीन्द्र ठाकुरले सबस्टेसनको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत् वितरण प्रणालीको सुदृढीकरण तथा पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिनेछ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दाे र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३÷११ केभी क्षमताका १० सबस्टेसनको निर्माण गरिनेछ । साथै, ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिनेछ । शिलान्यास कार्यक्रममा बर्दिवास नगरपालिका–२ का वडाध्यक्ष चोलाराज प्याकुरेलले सबस्टेसन निर्माणपछि उक्त क्षेत्रमा हाल रहेको न्यून भोल्टेज र बारम्बार बिजुली जाने समस्याको समाधान भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । प्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए । रासस

काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।  फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो । तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणल...

काठमाण्डौका विभिन्न ठाउँमा आज बत्ती जाने

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली जाने भएकाे छ ।  साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ । यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ । यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ ब...

बालाजु क्षेत्रमा शुक्रबार बिजुली जाने

काठमाडौं – सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बालाजु क्षेत्रमा आवश्यकता अुनसार बिजुली जाने प्राधिकरणको बालाजु वितरण केन्द्रले जनाएको छ ।  केन्द्रका प्रमुख सुरज रेग्मीले बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि &nbs...