उद्धार निर्देशिकाले नछोएका श्रमिक : जो ऋण काढेर स्वदेश फर्कन बाध्य छन्

काठमाडौं : विश्वभरि महामारी बनेको कोरोनाले गर्दा वैदेशिक रोजगारीमा गएका हजारौं युवा स्वदेश फर्कन नपाएर अलपत्र परे। विदेशमा अलपत्र परेका श्रमिकको उद्धार गर्ने भन्दै सरकारले पोहोर साउनमा नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने  निर्देशिका २०७७ जारी गर्‍यो।तत्काल मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयन गर्ने भनियो। तर निर्देशिका कोरोनाको दोस्रो लहरपछि मात्र मन्त्रिपरिषदबाट पारित भयो। ढिलो भएकै कारणले वैदेशिक रोजगारीमा गएका हजारौं नेपाली स्वदेश फर्कन नपाएर