रुपन्देहीको तिलोत्तमा नगरपालिका पालिकाको नगरसभामा आज लफडा भएको छ । आज १ बजे बस्ने तय भएको नगर सभामा गणपूरक सङ्ख्या नपुगेको भन्दै बैठक स्थगित गर्दा एमाले जनप्रनिधिहरुले नाराबाजी गरेका हुन् । उनीहरूको कार्यकारी प्रमुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि स्थगित भएको नगरपालिकाले जनाएको छ । तर त्यो भनाई सत्य नभएको भन्दै उपमेयर जागेश्वरी चौधरीसहित एमाले जनप्रतिनिधिहरुले नाराबाजी गरेपछि घटनास्थलमा प्रहरी नै परि