कोभिडका बेला घरायसी प्रयोजनका सामग्रीको माग बढेको छ

होम अप्लायन्ससम्बन्धी सामग्रीको बजार माग, विक्री, सामान छनोट गर्दा ध्यान दिनुपर्ने पक्ष, कोभिडपछिको बदलिँदो अवस्था, डिजिटलाइजेसनलगायत विषयमा आर्थिक अभियानका लागि लक्की ग्रुपअन्तर्गतको गायत्री एन्ड सन्सका सह–महाप्रबन्धक किरण बस्नेतसँग घर संसारका लागि अभियान दैनिकले गरेको कुराकानीको सार : पछिल्लो समय होम अप्लायन्सको बजार कस्तो छ ? होम अप्लायन्सअन्तर्गत सानाठूला दुवै प्रकारका सामग्री हामीसँग छन् । ठूला सामग्रीअन्तर्गत फ्रिज, वासिङ मेसिन, माइक्रोफोन, एसीदेखि सानामा राइस कुकर, मिक्सर, हटपटलगायत सामान छन् । निषेधाज्ञाका बेला ठूला सामानको विक्री घटे पनि माग औसतमा ठीकै रह्यो । समस्या परे पनि दैनिक आवश्यकताअन्तर्गतका सामान भएकाले यस्ता सामग्रीको माग राम्रो रह्यो । होटल, पर्यटन, उद्योग, कार्यालय आदिमा बढी किनिने एसीलगायत सामग्रीको माग नभए पनि घरायसी प्रयोजनमा आउने सामग्रीको माग उच्च छ । माग पहिलेभन्दा अहिले बढेकै छ । अहिले विशेषतः कुन रेन्जका सामानको माग बढी छ ? कोभिडपछि ठूला र महँगा सामानको माग सामान्य घटे पनि औसतमा विक्री घटेको छैन । घरायसी प्रयोगमा आउने साना सामानको बजार उस्तै छ । पहिले महँगा सामान माग हुने गरेकामा अहिले मध्यम र कम मूल्यका सामानको माग उच्च छ । डुप्लिकेट सामानको बजार पनि उत्तिकै देखिएकाले होम अप्लायन्सका सामान खरिद गर्दा उपभोक्ता ठगिने गरेको पाइन्छ । सामान छनोट गर्दा के–के कुरामा ध्यान दिन आवश्यक छ ? स्थापित ब्रान्डले नै बजार लिने भन्ने चलन छ । यस्ता वस्तु महँगो पर्ने, वारेन्टी र ग्यारेन्टी कार्ड पनि हुने भएकाले यसमा खासै त्यति समस्या देखिन्न । अर्को, मध्यम मूल्यसम्मका गुणस्तरीय वस्तु भए हुन्छ, ब्रान्डको नामसँग मतलव छैन भन्ने ग्राहक पनि हुन्छन् । बजेट अभावका कारण बिग्रियो भने सहज पार्टस् पाउने, सर्भिर्सिङको राम्रो सेवा भएका सामग्री खोज्नेहरू हुन्छन् । हाम्रोजस्तो मुलुकमा सबैभन्दा बढी यस्तै मध्यम मूल्य स्तरका सामानको माग रहेको देखिन्छ । यस्ता ब्रान्डको विक्रीपछिको सेवा, मोडल, डिजाइन, रंग आदि हेरिने गरेकामा विशेषगरी विक्रीपछिको सेवालाई नै प्राथमिकतामा राखेर गुणस्तरीय वस्तु खरिद गर्नु आवश्यक छ । पछिल्लो समय कुन–कुन सामग्रीको माग बढेको छ ? हामीसँग चार वटा ब्रान्ड छन् । पहिलो, लाइफर हो, जसअन्तर्गत ठूलादेखि सानासम्मका आइरन, मिक्स्चर, राइस कुकरदेखि लिएर ठूलोमा वासिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुमलगायत सामान छन् । घरायसी प्रयोजनका लागि पूर्ण समाधान यसअन्तर्गत छ । यसैगरी चिनियाँ चुलान ब्रान्डको एसी, भारतीय पोलार, हिन्दवेयर गरी चार वटा विद्युतीय ब्रान्ड हामीसँग छन् । अहिले बजारमा वासिङ मेसिनको माग राम्रो छ । केही वर्षयता टिभी र फ्रिजको माग प्रायः घरबाट आउने गरेकामा अहिले वासिङ मेसिनको माग  सोही हिसाबले बढेको छ । लोडसेडिङ अन्त्य भइसकेपछि पनि केही समय विद्युतीय चुल्होको माग थिएन । तर, अहिले विद्युतीय चुल्होको माग उच्च छ । मौसमअनुसार आवश्यक सामग्री विक्री हुँदै आएकामा अहिले गर्मीमा पनि तातोपानी राख्ने थर्मस, भाँडालगायत सामग्रीको माग छ । कर्पोरेट बजारका लागि माग नभए पनि घरायसीमा कमी आएको छैन । कोभिडका कारण अहिले बजारको परिभाषा पनि बदलिँदै गएको छ । डिजिटल प्रणालीमा जाने तयारी छैन ? अब ग्राहक पसलमा आउने होइन, पसल ग्राहकको घर–घरमै जाने हो भन्ने मान्यता स्थापित भइसकेको छ । अहिले बढिरहेको अनलाइन कारोबार पनि यसैको उदाहरण हो । गत वर्षयता यस्ता सामानको सोधपुछ अनलाइनमार्फतै  हुने चलन बढ्दो छ । त्यसकारण बजारलाई डिजिटल प्रणालीमा विकास गर्नैपर्छ । विकल्प धेरै छन् । पसलमै आएर हेर्नुपर्ने, सामान छान्नुपर्ने भन्ने छैन । हामीले अनलाइन पेजमै हाम्रा सामग्रीका सबै जानकारी राख्ने गरेका छौं । मागअनुसार ग्राहकको विक्रीपछिको सेवालगायत विविध पक्षलाई प्राथमिकतामा राखी हामीसँग जोडिएका डिलर बिक्रेतामार्फत होम डेलिभरी सेवा दिइरहेका छौं । यसले विक्रीपछिको सेवा ग्राहकले सहजै पाएपछि रेस्पोन्स राम्रो आएको छ । अहिले सोझै कम्पनीबाट भन्दा लोकेसन हेरेर हामीसँग जोडिएका डिलरबाट ग्राहकलाई अनलाइन डेलिभरी सेवा दिइरहेका छौं । अहिले कुन–कुन ठाउँबाट सेवा दिइरहनुभएको छ । आगामी योजना के–के छन् ? अहिले देशभरका ६५ भन्दा बढी जिल्लाका मुख्य–मुख्य सहरमा हामीले सेवा दिइरहेका छौं । भारतीय नाकापारिसम्म हाम्रा सामानको माग छ । कम्पनी स्थापनाको तेस्रो वर्ष चलिरहेकै बेला सबै जिल्लाका मुख्य सहरबाट सेवा दिने योजना बनाएका छौं । त्यसका लागि विक्रीपछिको सेवा चुस्त बनाउन पूर्वाधार तयार गरेर सोहीअनुसार देशभर सबै ठाउँमा सेवा विस्तारको योजना बनाएका छौँ ।

सम्बन्धित सामग्री

विदेशीको गतिविधि बढेको भन्दै फोन ट्यापिङ !

नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो।...

मुद्दाको फर्स्यौट दर बढेको छ: कार्की

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पुराना मुद्दाको  फर्स्यौट दर बढेको बताएका छन् । आफू नेतृत्वमा आएपछि मुद्दा  फर्स्यौट दर दोब्बरले बढेको उनको दाबी छ ।  आइतबार नेपाल बार काउन्सिलअन्तर्गतको लयर्स एकेडेमीले कानुन...

चामलको मूल्य बढेको छैन : अध्यक्ष गुप्ता

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका हुन् ।उनले चामलको मूल्य एक महिना अगाडिको मूल्य अहिले पनि त्यही रहेको बताए । उनले व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गरे । अध्यक्ष गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताए । तेल  विदे

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन् । नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताएका हुन् ।तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, “ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसक

भारतले पेट्रोलियम पदार्थको मूल्य बढेको नयाँ सूची पठायो

काठमाण्डाै – इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो ।  नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।...

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।

स्थानीय तहमा हुने भ्रष्टाचार बढेको अख्तियारको दाबी

स्थानीय तहमा हुने भ्रष्टाचार बढेको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको जानकारी दिएको हो । आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले […]

स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारको प्रतिवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । सोमवार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्दै  आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो । आयोगको एकतीसौँ वार्षिक प्रतिवेदन बारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षा तर्फका उजुरीहरू पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरू बढीरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरुको नजिकको सरकारमा  न

जलविद्युत् कम्पनीमा लगानीकर्ताको विश्वास बढेको हो ?

पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरूको विश्वास बढेको देखिन्छ । सेयर बजारमा हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य पनि बढेको देखिन्छ । कतिपय हाइड्रोपावर कम्पनीहरूको सेयरको मूल्य भेरे प्रचलित वाणिज्य बैंकहरूको सेयरको मूल्यभन्दा पनि बढी पुगेको छ । केही हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू झुम्मिएको पनि देखिन्छ । त्यसो त पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको आईपीओ सेयर खरिदमा आवेदन […]

डिजिटल कारोबार बढेको बढ्यै

चालु आर्थिक वर्षको ९ महिनामा डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबार संख्या अनि भुक्तानीको परिमाण दुवै उल्लेख्य बढेको छ । कोभिड–१९ को महामारीसँगै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गरिहेको छ । चैतमा मात्रै क्यूआर कोडमार्फत करिब ८ लाखपटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । करिब ८ आठ लाख पटक कारोबार हुँदा चैतमा क्यूआर को...