भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको शव फेला, कयौं बेपत्ता

भारतको हिमाञ्चल प्रदेशस्थित किन्नौर जिल्लामा पहिरो चल्दा मानवीय हताहती निकै भएको छ। उद्धारकर्मीहरूले हालसम्म  पहिरोको थुप्रोबाट १३ जनाको शव निकालेका छन्। कयौं मानिस त्यहीँ पुरिएको आशंका गरिएको छ। किन्नौरको भावानगरस्थित निगोसारी र चौराको बीचमा अचानक ठूलो पहिरो खसेको बीबीसी हिन्दीमा उल्लेख छ१३ जनाको शव फेला पारिएको र अरू १३ जना घाइते रहेको पुष्टि जिल्ला जनसम्पर्क अधिकारीले गरेका छन्। हिमाञ्चल र उत्तराखण्डमा केही महिनायता लगातार एकपछि अर्को पहिरो चलिरहेको छ।

सम्बन्धित सामग्री

पर्सामा पुरुषको शव फेला

ठोरी गाउँपालिका–४ विजयबस्तीमा सोमबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । नेपाल–भारत सीमा नजिक उखुबारीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको हो ।

हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला

नयाँदिल्ली । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ । सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशन लागि […]

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए। यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो। लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै...

भारत : एउटै घरमा विवाह गरेका तीन दिदी बहिनीले बालबच्चासहित गरे सामूहिक आत्महत्या

भारतको राजस्थानको जयपुर(अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो ।ती शव शनिबार फेला परेका हुन् । यी शव फेला परेपछि क्षेत्रमा तनावको अवस्था छ । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ ।टाइम्स अफ इन्डियाका अनुसार मृत फेला परेका तीन महिलामध्ये दुई ममता मीना ९२३० र कमलेश मीना ९२०० गर्भवती पनि थिए । यसबाहेक शव फेला परेका दुई बालबालिकामध्ये

धनगढीमा युवक हत्या प्रकरण : कसले फाल्यो नालीमा शव?

धनगढी : सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा सोमबार हत्या गरेर फालिएको अवस्थामा एक भारतीय पुरुषको शव फेला पर्‍यो। धनगढी उपमहानगरपालिका-५ शिवनगर र जाई जोड्ने सडकछेउको नालीमा भारत उत्तरप्रदेशको शाहजापुरा बस्ने ४२ वर्षीय कुलदीप गुप्ताको शव फेला परेको थियो। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।प्रहरीले कुकुर लगेर घटनास्थलको जाँच गरेको छ। गुप्ताको गालापट्टीको भाग र कंचटमा चोट लागेकाले प्रहरीले उनको हत्या भएको जनाएको छ। उनको

वीरगञ्जमा भारतीय नागरिकको शव भेटियो

२३ पुस, वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । भारत कलकत्ता घर भई वीरगञ्ज–३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको […]

इँटाभट्टामा मजदुरको शव फेला

भक्तपुर, १२ पुस । भक्तपुरको इटाभट्टामा एक मजदुरको शव फेला परेको छ । चाँगुनारायण–८ सुडालस्थित श्री इँटाभट्टाको झ्याउलीमा आज बिहान एक भारतीय मजदुरको शव फेला परेको प्रहरीले जनाएको छ । भारत घर भई सोही इँटाभट्टामा काम गर्ने ३२ वर्षीय सञ्जय पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार विहान अचेत अवस्थामा भेटिएका पासवानको उपचारको लागि […]

भारतको जयनगर बजारमा घाँटी रेटिएको अवस्थामा नेपाली युवकको शव फेला

सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ ।सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा शव फेला परेको हो ।महराको धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार  महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ ।महरा बिहीवार घरबाट पैसा

विराटनगरमा एक सातामा तीन शव फेला

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एक साताभित्र तीनवटा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रानीका अनुसार आइतबार विराटनगर–१६, दरैयामा युवकको शव फेला परेको छ । नेपाल–भारत सीमानजिकै उखुबारीमा मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन बाँकी छ । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले कालो पाइन्ट र सेटो रङको गन्जी लगाएको...

भारतीय वनमा कञ्चनपुर पुनर्वासका युवाको शव फेला

कञ्चनपुर : भारतको दुधुवा नेसनल पार्कमा मंगलबार पुनर्वास नगरपालिका–१० विकास बस्तीका अन्दाजी २५ वर्षका कमैया वडायक झुण्डिएको अवस्थामा फेला परेका छन्। नेपाल–भारत सीमा स्तम्भ नम्बर ७५७ नजिक वडायकको झुण्डिएको अवस्थामा फेला परेको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले जनाएको छ। ‘जामुनको रुखमा नौ सय मिटर भारततर्फ शव फेला परेको हो’, सशस्त्र प्रहरीले भन्यो, ‘कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई शव बुझाउने तयारी भइरहेको छ।’