भारतीय वनमा कञ्चनपुर पुनर्वासका युवाको शव फेला

कञ्चनपुर : भारतको दुधुवा नेसनल पार्कमा मंगलबार पुनर्वास नगरपालिका–१० विकास बस्तीका अन्दाजी २५ वर्षका कमैया वडायक झुण्डिएको अवस्थामा फेला परेका छन्। नेपाल–भारत सीमा स्तम्भ नम्बर ७५७ नजिक वडायकको झुण्डिएको अवस्थामा फेला परेको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले जनाएको छ। ‘जामुनको रुखमा नौ सय मिटर भारततर्फ शव फेला परेको हो’, सशस्त्र प्रहरीले भन्यो, ‘कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई शव बुझाउने तयारी भइरहेको छ।’