भारत : एउटै घरमा विवाह गरेका तीन दिदी बहिनीले बालबच्चासहित गरे सामूहिक आत्महत्या

 भारतको राजस्थानको जयपुर(अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो ।ती शव शनिबार फेला परेका हुन् । यी शव फेला परेपछि क्षेत्रमा तनावको अवस्था छ । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ ।टाइम्स अफ इन्डियाका अनुसार मृत फेला परेका तीन महिलामध्ये दुई ममता मीना ९२३० र कमलेश मीना ९२०० गर्भवती पनि थिए । यसबाहेक शव फेला परेका दुई बालबालिकामध्ये