जनता समाजवादी पार्टी (जसपा) विवाद पार्टी विभाजनकै रूपमा टुंगिने भएको छ । त्यसका लागि विवादरत दुवै पक्ष निर्वाचन आयोग पुगेका छन् ।
जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पत्र आयोगमा पुगेपछि त्यसको समाधान आयोगले निकाल्नुपर्ने अवस्था आएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले छुट्टाछुट्टै हस्ताक्षर गरेर पठाएको पत्र आयोगमा दर्ता भएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टीको साध...