४५ भन्दा बढी सांसद साथीहरू गगन थापाको पक्षमा हुनुहुन्छः धनराज गुरुङ

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले पार्टी संसदीय दलमा गगन थापाको पक्षमा ४५ जना सांसद स्पष्ट उभिएको बताएका छन् । ‘गगन थापालाई कांग्रेस संसदीय दलको नेतामा एकमतले प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं । यसको अर्थ हामी सबै सक्षम हौं । सबै काम लाग्ने हौं र लोकप्रिय पनि हौं […]

सम्बन्धित सामग्री

कांग्रेस नेताहरूद्वारा महासमिति बैठकस्थल निरीक्षण

नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले यही फागुन ७ देखि हुन गइरहेको महासमिति बैठकस्थलको निरीक्षण गरेका छन् ।

भाग शान्ति जय नेपाल !

शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।...

चियापानबाट निस्केलगत्तै शेखर, धनराज र गगन छुट्टै बैठकमा

काठमाडाैंकाे बत्तीसपुतलीमा आयोजित चियापानमा सहभागी भएर निस्केका कांग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा छुट्टै छलफलमा बसेका छन्

शेखर कोइरालाले आयोजना गरे चियापान, खबरदारी सभामा नगएकाहरु पनि सहभागी

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् । आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको […]

देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि साेमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता शीतल निवास जानुभएको हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि सरकार र राष्ट्रपतिबीच केही असमझदारीको अवस्था देखिएको छ । यसै विषयमा छलफल गर्न राष्ट्रपति...

देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति कार्यालयमा

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् । भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका छैनन् । कांग्रेसका नेतृत्वको गठबन्धन सरकारले ल्याएको […]

भ्रातृ संस्थाबारे काँग्रेसभित्र दुई विकल्पमा बहस, प्रवक्तामा को ?

नेपाली काँग्रेसले ‘कोमामा’ पुगेका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पुनर्जागृत गराउने तयारी थालेको छ । भ्रातृ तथा शुभेच्छुक संस्थामा नवीनता ल्याउन काँग्रेसमा गृहकार्य भइरहेका छ ।यस विषयमा आइतबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । महामन्त्री शर्माका अनुसार भ्रातृ तथा शुभेच्छुक संगठनबारे निर्णय लिन केही दिनमै कार्यसम्पादन समितिको बैठक बस्दैछ ।कार्यसम्पादन समितिको बैठकमा जानुपूर्व भ्रातृ तथा शुभेच्छु

महामन्त्रीमा विश्वप्रकाशको भन्दा गगनको वरियता अगाडि

नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित  विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो।१२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य  बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए । नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि प

शेखर कोइरालाको प्यानल सार्वजिनक (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ।जसमध्ये शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। दुवै समूहले आइतबार मध्य राति आ-आफ्नो प्यानल सार्वजनिक गरेको छ।शेखर कोइरालाको प्यानमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ‚ महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।

शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् । कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।