त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ साल फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि परीक्षार्थी रमेश विष्ट र मनीता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।