नेपाल र युरोपियन शहरबीच सिधा हवाई उडानको आवश्यकता रहेको नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीसँग नेपालको पर्यटन व्यवसाय र युरोपियन बजारको चर्चा गर्दै युरोपियन पर्यटकहरु तान्न पनि नेपाल–युरोपियन शहरहरूबीच सिधा हवाई उडानको आवश्यक रहेको बताएका हुन् । उक्त भेटका क्रममा राजदूत गिल्सले फ्रान्स र नेपाल दुवै देशको पर्यटन प्रबर्द्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरूको आदान