काठमाण्डाै – सरकारले अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले यसबारे जानकारी गराउनु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि अमेरिका, स्विजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।
बाह्य पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएकाले पनि ती देशह...