अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकियो एकीकृत समाजवादीको महाधिवेशन
नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो ।
नेकपा एकीकृत समाजवादीले निवर्तमान जिम्मेवारीलाई निरन्तरता दिएको छ । शुक्रबार सकिएको महाधिवेशनले ९३ सदसीय केन्द्रीय कमिटी चयन गरे पनि नेताहरुलाई पुरानै जिम्मेवारीलाई निरन्तरता दिएको हो ।
नेकपा (एकीकृत समाजवादी)सिन्धुपाल्चोकको अध्यक्ष पदमा नवराज पौडल चयन भएका छन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । यहाँ आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताए । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बता
४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए । गठबन्धनको सहयोगबाट स्थानीय तहको […]
४ पुस, धनगढी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कैलालीले जिल्ला कमिटी विस्तार गरेको छ । शनिबार धनगढीमा सम्पन्न भएको जिल्ला भेलाबाट भैरवबहादुर रावलको अध्यक्षतामा २०१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्षमा विमलकुमार जोशी, उपाध्यक्ष रतना कडायत, सचिव खडक रावत तथा उपसचिवमा वखत विष्ट, दीर्घ जोशी र […]
कञ्चनपुर : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन्।पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापाको अध्यक्षतामा एक सय ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका थापा यसअघि एमालेका जिल्ला कमिटी उपाध्यक्ष थिए।एमाले छाडेर समाजवादी बनेका थापालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले बताए।उनका अनुसार उपाध्यक्षमा रवीन्द्र कुँवर, उपाध्यक्ष महिलामा पूर्णा गुरुङ्ग, सचिवमा
बागलुङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा शनिबार सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए । जिल्ला भेला आयोजक कमिटीको संयोजक भएका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ। प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो। पूर्व मन्त्री समेत रहेका नेता गुरुङ इमानदार र निष्ठावान नेताका रुपमा चिनिन्छन् । गुरुङ अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष भइसकेका पुराना नेता हुन्। […]
२६ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । नेकपा एकीकृत समाजवादीले शनिबार गरेको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जिल्ला कमिटी उपाध्यक्षमा प्रदेश सभा सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे,उपसचिवमा कमल सेन चयन भएका छन् । जिल्ला कमिटीको पहिलो बैठकले […]