४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए । गठबन्धनको सहयोगबाट स्थानीय तहको […]