जनकपुर : प्रदेश २ को गठबन्धन सरकारमा आज नवनियुक्त दुई जना मन्त्रीले शपथग्रहण गरेका छन्। जनता समाजवादी पार्टी(जसपा)नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी(एस)बाट सत्रुधन महतो र प्रमोद कुमार यादवले मन्त्री पदको शपथग्रहण गरेका हुन्।
महतो उद्योग पर्यटन तथा वन मन्त्री र यादव कानुन तथा प्रदेश मामिला मन्त्रीको शपथ लिएका हुन्।