कंगना र फिल्मफेयरबीच वाक युद्ध

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र फिल्मफेयरबीच वाक युद्ध सुरू भएको छ । अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने बताएकी थिइन्। कंगनाको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै अवार्डमा कंगनालाई कुनै पनि प्रस्तुती दिनका लागि नसोधेका फिल्मफेयरले दावी गरेको छ । कंगनाले मुद्दा हाल्ने […]

सम्बन्धित सामग्री

बालेन–कुलमानबीच कर र महशुल विवाद, के हो ‘वाक युद्ध’को चुरो कुरो ?

सम्पत्ति कर र सडक बत्तीको महशुलका विषयमा काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच एक किसिमको ‘वाक युद्ध’ जारी छ । एक आपसमा संवाद र छलफलबाट समस्या समाधान गर्नुको सट्टा महानगर र प्राधिकरण आरोप–पत्यारोपमै उत्रिएका छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले त फेसबुकमै स्टाटस समेत लेख्न भ्याए । उता प्राधिकरणका अधिकारीहरु भने कानुनले प्राधिकरणलाई स्थानीय कर तिर्नु पर्दैन भनेर छुट दिएको दाबी प्रस्तुत गरिरहेका छन् ।आ–आफ्नै दाबीकाठमाडौँ महानगरपालिकाले नेपाल प्राधिकरणबाट १४ करोड रुपैयाँ कर उठाउन बाँकी रहेको दलिल पेश गरिरहेको छ । उता प्राधिकरणले भने महानगरको क्षेत्राधिकार भित्रका सडकमा सडकबत्ती बालेवापतको २ अर्ब रुपैयाँ महशुल महानगरको नाममा बक्यौता रहेको जनाइरहेको छ । महानगरका मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै प्राधिकरणले लिन बाँकी भनेको महशुल र महानगरले उठाउने कर फरक विषय भएकाले सापटी लेनदेन जसरी हिसाब मिलान गराउने खेल मान्य नहुने जनाइसकेका छन् । वार्षिक कारोबार र आम्दानीको समेत कर तिर्नुपर्ने दाबी महागरको छ ।प्राधिकरणले भने आफूले स्थानीय कर तिर्नु नपर्ने तर, सडकमा जडान गरिएका सडक बत्तीको महशुल भने महानगरले अनिवार्य तिर्नुपर्ने सर्त तेर्स्याइरहेको छ ।विवाद पूरानै, अहिले चर्कियो‘काठमाडौं महानगरपालिकाभित्र कुन सडकमा, कुन मिटरमा, कहिलेदेखिको रकम बक्यौता रहेको उल्लेख नगरी महानगरपालिकाको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो विषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो,’ काठमाडौँका मेयर बालेनले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक मठ–मन्दिर, सडक बत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको उत्तर स्पष्ट हुनुपर्छ ।’मेयर शाहले घुमाउरो तरिकाले प्राधिकरणलाई ‘ब्यापार मात्रै गर्न बसेको हो ?, सामाजिक उत्तरदायित्व खोई ?’ भन्ने प्रश्न गरेका छन् । यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने मठ–मन्दिरमा जडान गरिएको बिजुली वापतको महशुलको भुक्तानी महानगरपालिकासँग नमागिएको बताएका छन् । तर, महानगरले प्राधिकरणलाई तिर्न बाँकी रहेको १ अर्ब ९८ करोड २१ लाख महशुल कुन क्षेत्रमा, कति सडक बत्ती प्रयोग वापतको हो भन्ने कुराको प्रष्ट विवरण प्राधिकरणसँग रहेको दाबी उनको छ ।सडक बत्ती वापतको महशुल २०७४ साल अगाडीको अर्थ मन्त्रालयले तिर्ने र त्यसपछिको सम्बन्धित स्थानीय तहले नै तिर्ने गरी २०७४ सालमै मन्त्रिपरिषदे निर्णय गरेको विषयमा अनावश्यक विवाद गर्न गलत हो भन्छन् घिसिङ ।कानुनले पनि प्राधिकरणको कारोबारमा स्थानीय कर नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ३२ मा ‘प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर लाग्ने छैन’ भनेर लेखिएको छ । विवाद समाधानका लागि एक आपसमा वार्ता र संवाद गर्नुको सट्टा मेयर बालेन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले एक अर्कासँग यसबारे कुरासमेत गरेका छैनन् । यसलाई दूबै जनाले आ–आफ्नो प्रतिष्ठा र सस्तो लोकप्रीयताको नजरले मात्रै हेर्दा समस्या सुल्झिनुको सट्टा बल्झिने बाटोमा अघि बढिरहेको छ ।यसअघिःकुलमानलाई बालेनको काउण्टर, ‘कर र महसुल फरक कुरा हुन् भन्ने बुझ्नुहोस्’

चीन अमेरिका वाकयुद्ध : एक अर्कालाई 'बलपूर्ण कूटनीति' अपनाएको आरोप

चीन र अमेरिकाबिच वाक युद्ध चल्दै आएको छ। पछिल्लो समय उनीहरुले एक अर्कालाई 'बलपूर्ण कुटनीति' अंगिकार गरेको आरोप लगाइरहेका छन्। पछिल्लो समय अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन आक्रामक ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। उनले चीनले बलपूर्ण कुटनीति अंगिकार गरेको संकेत गर्दै एक कार्यक्रममा भने, 'राष्ट्रपति सीको नेतृत्वमा शासक…

रुस र इजरायलबीच वाक युद्ध

काठमाडौं । रुस र इजरायबीच यहुदीहरुको विषयलाई लिएर वाक युद्ध चुलिएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनका नियो–नाजियोहरुको इजरायलले समर्थन गरेको आरोप लगाएका छन। यसअघि लाभरोभले अडोल्फ हिटलर यहुदी मुलकाे रहेकाे अभिव्यक्ति दिएका थिए । साे अभिव्यक्तिलाई लिएर इजरायलका विदेशमन्त्री यायिर ल्यापिडले लाभरोभको अभिव्यक्तिमा माफी दिन नमिल्ने झुट भएको प्रतिक्रिया दिएका छन । यो […]

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीचको नीतिगत वाक युद्ध

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको नीतिगत वाक युद्धका कारण देशमा गम्भीर संकट उत्पन्न हुने देखिएकाे छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउने प्रमुख दुई निकाय अर्थमन्त्रालय र केन्द्रीय बैंकको प्रत्यक्ष संलग्न भएर देश अगाडि बढेको हुन्छ । हाल अर्थतन्त्रमा अधिक तरलतालगायत विदेशी सञ्चितिमा दबाव परिसकेको छ । जसलाई सुधार गर्न अबको स्थितिमा […]

भारतीय उपराष्ट्रपतिले अरुणाचलको भ्रमण गरेपछि भारत-चीनबीच पुनः 'वाक युद्ध' सुरु

भारतीय उपराष्ट्रपति वेंकैया नायुडूको अरुणाचल प्रदेशको भ्रमणले बेइजिङ र नयाँ दिल्लीबीच पुनः 'वाक युद्ध' सुरु भएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय उपराष्ट्रपति नायुडूको भ्रमणप्रति आपत्ति जनाएपछि भारतीय विदेशमन्त्रालयले त्यसको जवाफ फर्काएको हो ।

कोरानाभाइरसः ट्रम्प र पोम्पियोलनै माग्ने भए चीनको सहयोग

कोभिड–१९ महामारीको विषयलाई लिएर अमेरिका र चीनबीच चलेको वाक युद्ध अब युद्धबिराममा पुगेको छ । यसपछि कोरोनाभाइरस अव वुहान भाइरस रहेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २६ मार्चमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गरेपछि कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्न बन्द गरेका छन् । यसैगरी कोरोनाभाइरसलाई वुहान भाइरस भन्दै आएका अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि अब सहयोगको कुरा गर्न थालेका छन् ।

नागरिकता कानूनमा विभाजित बलिउड, अनुपम खेर र नसीरुद्दीनबीच वाक युद्ध

भारत सरकारले नागरिकता संशोधन विधेयक (सीएए) राजपत्रमा प्रकाशित गरेसँगै राज्यहरुमा त्यसको कार्यान्वयन शुरु भएको छ। विधेयकमार्फत् दक्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट उत्पीडनमा परेर भारत प्रवेश गरेका गैर मुसलमानहरुले सहजै नागरिकता पाउने प्रावधानसहितको कानून लागू भइसकेको छ। भारतमा नयाँ नागरिकता कानून लागू भइसकेपनि यसको पक्ष र विपक्षमा आवाजहरु