कर्णालीमा किसान–सरकार हातेमालो कार्यक्रम

सुर्खेत – कर्णाली प्रदेशले प्रदेशमा किसान–सरकार हातेमालो कार्यक्रम गर्ने भएको छ । प्रदेशका दशै जिल्लामा गरिबीको दर कम भएका दश वटा स्थानीय तहरुमा किसान–सरकार हातेमालो कार्यक्रम गर्ने भएको हो । त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि तयार गरिसकेको छ । कार्यविधिमा गाउँ र नगरपालिकाको ...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा खेलकुद पत्रकार सम्बन्धी दुई दिने तालिम

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद अवसर र चुनौतीको विषय रहेको बताएका छन् । बुधवार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषद्को समन्वयमा भएको खेलकुद पत्रकारिता सम्बन्धी दुई दिने तालिममा मन्त्री पोखरेलले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । […]

गरिबीको अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा

रुकुमपश्चिम : कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन्।रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वनपैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न  सम्भव हुने बताए।“त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्द

सडकमै चालकको स्वास्थ्य तथा सवारीसाधनको परीक्षण

सुर्खेत । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सुर्खेतमा सडकमै चालकको स्वास्थ्य जाँच र सवारीसाधनको परीक्षण शुरू गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीमा सवारी दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसँगै सवारी चेकजाँचमा कडाइ गरेको हो । ट्राफिक व्यवस्थापन कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कर्णालीबाट बाहिरिने र भित्रिने सार्वजनिक यातायातका सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै सवारीसाधनको ‘यान्त्रिक परीक्षण’ शुरू गरेको छ । विभिन्न निकायका प्राविधिकको सहयोगमा ट्राफिक प्रहरीले भेरीगंगाको छिन्चुमा सोमवारदेखि एकीकृत शिविरमार्फत सार्वजनिक सवारीसाधनका चालक तथा सह–चालकको स्वास्थ्य र सवारीसाधनको परीक्षण शुरू गरेको हो । ९० प्रतिशत सवारी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रज्वल महर्जनले बताए । कर्णाली प्रदेशभरि हप्तामा सरदर ७ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको जानकारी उनले दिए । कर्णालीमा पछिल्लो सात महीनामा भएका २६८ सवारी दुर्घटनामा ८० जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने कार्यालय प्रमुख महर्जनले बताए । ‘सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीको भूमिका मात्रै पर्याप्त हुँदैन,’ उनले भने, ‘यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक तथा परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न निकायबीच हातेमालो आवश्यक छ ।’ उनले कर्णाली प्रदेश प्रहरीले शुरू गरेको ‘यात्रु सुरक्षा अभियान’अन्तर्गत एकीकृत शिविरमार्फत सडकमै स्वास्थ्य चेकजाँचसँगै यान्त्रिक परीक्षणले दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त उनले गरे । चेकजाँचमा कडाइ गरेसँगै कर्णालीमा पछिल्लो सात महीनामा ट्राफिक नियम उल्लंघन गर्ने साढे २१ हजार सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालय प्रमुख महर्जनले कारबाहीबाट १ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य र सवारीसाधनको यान्त्रिक परीक्षण गर्नु राम्रो अभ्यास भएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए । ‘ट्राफिक प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रम समय–समयमा सञ्चालन गर्दा सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुग्छ,’ उनले भने । दुर्घटनाबाट कतिपयको अकालमै मृत्यु र घाइते हुँदा आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक समस्याले विकासमा नकारात्मक प्रभाव पर्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बताए । सडक दुर्घटना न्यूनीकरणका लागि तीनै तहका सरकारसँगै सम्बन्धित सरोकारवाला समेत बढी जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।

सहकारी बैंकको रोजाईमा कर्णाली प्रदेश : सुर्खेत र दैलेखमा एक अर्बभन्दा बढी लगानी

पुस १८, सुर्खेत । कर्णाली प्रदेशको उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरु लगानी विस्तार गर्न इच्छुक रहेको पाइएको छ । राष्ट्रिय सहकारी बैंकले कर्णालीको उत्पादन क्षेत्रमा करीब एक अर्ब बढी रुपैयाँ लगानी गरेको बताएको छ । बैंकले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १८औं वार्षिक साधारण सभाको पूर्व संध्यामा पत्रकार सम्मेलन गरेर लगानी बढाउन सुर्खेत र दैलेखमा सीमित शाखाहरुलाई प्रदेशभरी क्षेत्र विस्तार गर्न लागेको जानकारी दिएको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले कर्णालीमा जल, जंगल, जुडिबुटी र पर्यटन क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले बैंक आफ्ना शाखाहरु प्रदेशका १० ओटै जिल्लाहरुमा विस्तार गर्न लागेको बताए । उनले सुर्खेत र दैलेखको उत्पादन क्षेत्रको वृद्धिका लागि एक अर्ब बढी रुपैयाँ लगानी गरेको बताए ।  ‘कर्णालीमा हाल सुर्खेत र दैलेखमा बैंकका दुई ओटा मात्र शाखा छन्,’ उनले भने, ‘अब प्रदेशका १० ओटै जिल्लामा शाखा विस्तार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छौं । छिट्टै स्वीकृत हुनेमा हामी विश्वस्त छौं ।’ उनले हाल सुर्खेत र दैलेखका ६०० सहकारी मार्फत संकलित निक्षेप ६८ करोड रुपैयाँ भएपनि १ अर्ब बढी लगानी गरिएको जानकारी दिए ।  उनका अनुसार बैंकले सुर्खेत जिल्लाको उत्पादन तथा व्यापार प्रवर्द्धनका लागि ९० करोड बढी रुपैयाँ लगानी गरेको छ । ‘हाल कर्णाली लगानीका लागि भर्जिन क्षेत्र भएकाले बैंकको पहिलो रोजाइमा परेको छ,’ उनले भने, ‘कम से कम जोखिम क्षेत्रमा लगानी बढाउँदै बैंक सामाजिक तथा आर्थिक रुपान्तरणको महत्वपूर्ण हिस्सेदार बन्न चाहान्छ ।’ उनले कोराना महामारी तथा अन्य राजनीतिक अस्थिरता लगायतका कारणले ढिलाई भएपनि प्रदेशको आर्थिक समृद्धिका लागि बैंक कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । उनका अनुसार बैंक यति बेला १८ औं वार्षिक साधारण सभाको संघारमा रहेकाले आइतवार वीरेन्द्रनगरमा यस क्षेत्रका ईकाइमा रहेका ६०० ओटा सहकारी संघ/संस्थाका प्रतिनिधिसँग लगानी विस्तार तथा सम्भाव्यताका बारेमा छलफल गरिने छ । उनले सहकारी क्षेत्रमा आकर्षण रहेको संरक्षित पूँजी फिर्ता कोषको रकम बैंकले आफ्ना सदस्यहरुलाई निरन्तर प्रदान गर्दै आइरहेको जानकारी दिए । उनका अनुसार संरक्षित पूँजी फिर्ता कोषबाट गतवर्ष बैंकका बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ ओटा सहकारी संघ/संस्थालाई वितरण गरिएको छ । बैंकले आउँदो आर्थिक वर्षमा ३ अर्ब ५० करोड शेयर पूँजीसहित ७८ अर्ब १ करोड निक्षेप संकलन गरी ४९ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।   पत्रकार सम्मेलनमा बैंकका सञ्चालक तथा कर्णाली प्रदेश संयोजक हरिहरनाथ योगीले कर्णालीमा हाल पूँजीको अभाव रहेकाले बैंक बाहिरी लगानी कर्तालाई प्रदेशको उत्पादन क्षेत्रमा लगानी आकर्षित गर्न तयार रहेको बताए । उनले लगानीको क्षेत्र पहिचानका लागि प्रदेश तथा स्थानीय सरकारहरुसँग समन्वय, सहयोग र सहकार्यका लागि निरन्तर छलफल तथा सम्वाद भइरहेको बताए ।  बैंक लगानीमा मात्र केन्द्रित नरहेर क्षमता विकास तथा प्राविधिक सहयोगमा समेत हात बढाउन तयार रहेको उनको भनाइ थियो । बैंकका प्रमुख कर्जा अधिकृत प्रमोदकुमार घिमिरेले कम जोखिम क्षेत्रमा लगानी गरेर बैंक प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणमा हातेमालो गर्न इच्छुक रहेको बताए ।  उनले कर्जा सुरक्षण देखेर सुर्खेतमा एउटै संस्थालाई बिना धितो १३ करोड बढी रकम लगानी गरिएको जानकारी दिए ।

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्ल्यूएचओ

सुर्खेत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । संगठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्ल्यूएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका नेपाल प्रमुख डा. राजेश पाण्डवले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्य अवस्थामा देखिएको कमजोरी सुधार गर्न डब्ल्यूएचओले विशेष गृहकार्य गरिरहेको बताए ।       यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने भन्दै डा. पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीमा मानव स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जानकारी दिए । ‘हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य संगठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौं,’ उनले भने,  ‘यसका लागि संघ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्यांकसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।’     कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा संगठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । डब्ल्यूएचओले सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो । रासस