रुकुमपश्चिम : कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन्।रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वनपैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न सम्भव हुने बताए।“त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्द