जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने - NepaliPatra

काठमाडौँ। जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन्। माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो। समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित […]

सम्बन्धित सामग्री

नयाँ बसपार्कभित्र ५६ काउण्टर थपियो

काठमाडौँ– काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो । यसअघि काठमाडौँभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, […]

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्।

जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

काठमाडौं । जिप र माइक्रोबस आगामी असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रवारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।  समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौंभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रोबस तथा जिपलाई असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिए ।  काठमाडौं महानगरपालिकाले यही जेठ १९ गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको संयोजक आचार्यले बताए ।  ‘स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौं, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौं, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन,’ उनले भने ।  यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । यसअघि माइक्रोबस तथा जिप बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका थिए । अब भने सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उनले यात्रुलाई आग्रहसमेत गरे ।    हाल काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौंडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन् । संयोजक आचार्यले नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुृउद्देश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताए । ‘नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौं,’ संयोजक आचार्यले भने ।  उनले नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दै गर्दा यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयसम्म ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्नसमेत महानगरपालिकासँग आग्रह गरे ।  काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता छ । रासस

अब जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कबाट सञ्चालन हुने

काठमाडौं । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार […]

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ ।

नयाँ बसपार्क भित्र थपियो ५६ काउण्टर

काठमाडौं भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने

जिप र माइक्रोबस आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् ।

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

काठमाडौंबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।