वासिङ मेसिन किन्दै हुनुहुन्छ ?

काठमाडौं । जाडो होस् वा गर्मी । लुगा धुन सजिलोका लागि वासिङ मेसिन दैनिकीमा महत्वपूर्ण साधनका रूपमा प्रयोग हुँदै आएको छ । कामकाजी र बलियो आर्थिक स्रोत भएकाहरूका लागि लुगा धुन र सुकाउन पछिल्लो समय नेपालमा पनि वासिङ मेसिन प्रयोग गर्ने उपभोक्ता बढ्दै गएका छन् । वासिङ मेसिन किन्नुअघि केही महत्वपूर्ण विषयबारे जानकारी राख्नु राम्रो हुन्छ । सामान्यतया वासिङ मेसिन ५ केजीदेखि २४ केजी तौलसम्मका बजारमा पाइने गर्छन् । यद्यपि हामीले आफ्नो परिवारको संख्याका आधारमा वासिङ मेसिनको साइज छानेर किन्नुपर्ने हुन्छ । यदि परिवार संख्याको आधारमा साइज भएन भने सानो वा ठूलो पर्न सक्ने डर हुन्छ । ३÷४ जनासम्म परिवार संख्या छ भने ६ केजी, ७ जनासम्म परिवार सदस्य भए ७ केजी र त्योभन्दा माथि परिवारको संख्या भए परिवारको आकारअनुसार आफ्नो आवश्यकतालाई ध्यानमा राख्दै बढी तौलका वासिङ मेसिन खरिद गर्न सकिन्छ । मेसिनको आकारअनुसार कति मात्रामा लुगा धुन सकिन्छ भन्ने कुरा निर्धारण हुन्छ । पानीमा भिजेको कपडाको तौल बढी हुने भएकाले भिजेको कपडाभन्दा सुक्खा कपडाको तौल अन्दाज गरेर मेसिनमा राख्नुपर्दछ । ब्रान्ड, आकार र वासिङ मेसिनमा भएका विशेषताअनुसार यसको मूल्य निर्धारण गरिएको हुन्छ । नेपाली बजारमा सिजी, एलजी, सामसुङ, बाल्ट्रालगायत २६ हजारदेखि ९० हजार रुपैयाँसम्म पर्ने वासिङ मेसिन उपलब्ध छन् । सेमिअटोमेटिक र अटोमेटिक गरी बजारमा दुई प्रकारका वासिङ मेसिन खरिद गर्न सकिन्छ । कपडा धुनुका साथै सुकाउनसमेत सहयोगी हुने भएकाले आजभोलि बजारमा उपभोक्ताको पहिलो रोजाइमा अटोमेटिक वासिङ मेसिन पर्ने गरेका छन् । यसले विद्युत् खपत पनि सेमिअटोमेटिकको भन्दा कम गर्दछ ।

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्स लिमिटेडले दियाे वृद्धाहरुलाई वासिङ मेसिन

काठमाडौँ– रिलायन्स फाइनान्स लिमिटेडले वृद्धाहरुलाई वासिङ मेसिन प्रदान गरेकाे छ। राजधानीमा मंगलबार आयोजित रिलायन्स फाइनान्सकाे १५ औँ वार्षिकाेत्सवमा  संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले वृद्धाहरुलाई वासिङ मेसिन हस्तान्तरण गरेका हुन्। यस्तै वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाईलामा निः शुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर भव्यताका साथ […]

वासिङ मेसिन कस्ता छान्ने

टप लोड वासिङ मेसिन   टप लोड वासिङ मेसिनमा कपडालाई मेसिनको माथिपट्टिको भागबाट हालिन्छ । सानो परिवारलाई ५–६ केजीको मेसिन किन्दा हुन्छ, जसको मूल्य २५ हजारदेखि ४० हजारसम्म पर्न आउँछ । सातदेखि १०...

वासिङ मेसिन : कुन स्तरीय, मूल्य कति ?

काठमाडौं । दशैं किनमेलको सिजन पनि हो । यसै छेकोमा कतिपयले घरायसी सरसामान जोड्ने गर्छन् । त्यसो त यस्ता सामानका उत्पादकहरुले दशैं–तिहार जस्तो पर्वको अवसरमा विभिन्न छुट अफर ल्याउने गर्छन् । जस्तो कि, वासिङ मेसिन । लुगाफाटो धुने, निचोर्ने र सुकाउने सम्पूर्ण काम अब वासिङ मेसिनले गर्छ । बजारमा अनेकथरी वासिङ मेसिन पाइन्छन् । ब्रान्ड, […]

माइडियाका वासिङ मेसिन नेपाली बजारमा

माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले नयाँ वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।लन्ड्री विभाजन अन्तर्गत क्रमशः एमएफ२०० डब्लु८० डब्लुबी/टीएनपी र एमएफ२०० डब्लु९० डब्लुबी/टीएनपी गरी ८ किलो र ९ केजी क्षमताका २ वटा वाइ–फाइ सिरिजका २ वटा वासिङ मेसिन सार्वजनिक गरेको हो ।माइडियाले ब्याक्टेरिया हटाउन सक्ने उत्पादनहरुको विकासमा केन्द्रित छ जुन ग्राहकका लागि समान छनौटको […]

सामसङले ल्यायो नयाँ मोडलका वासिङ मेसिन

इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङले २०२२ का लागि नयाँ मोडलका वासिङ मेशिनहरु प्रस्तुत गरेको छ । नयाँ एआइ एकोबब्बल वासिङ मेशिनहरु सहज गुणस्तरीय रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वासिङ मेसिन ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु रहेका छन् ।‘२०२२ का वासिङ्ग मेशिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध छन् र यी मोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विेशषताहरुयुक्त छन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बु

सीजी मेरिडिया प्रिमियम वासिङ मेसिन नेपालमा

सिजिको ‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । यस मेसिनको विशेषता ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशन’, र ‘स्पाकेयर’ हुन् । सिजिले ब्रशरहित डाइरेक्ट इन्डक्सन मोटर प्रविधि जडान गरेको छ  । बि ड्राइभ...

‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा

सिजिको ‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । यस मेसिनको विशेषता ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशन’, र ‘स्पाकेयर’ हुन् । सिजिले ब्रशरहित डाइरेक्ट इन्डक्सन मोटर प्रविधि जडान गरेको छ  । बि ड्राइभ इन्भर्टरले कम ध्वनि उत्पन्न गर्छ । यस मोटरलाई कार्य सम्पादन गर्न तत्कालीन &lsq

‘सिजी मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा

सिजी ब्रान्डअन्तर्गत सिजीको ‘सिजी मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ।

स्काईवर्थका अत्याधुनिक वासिङ मेसिन बजारमा

के एल दुगड गु्रप अन्तर्गतको स्काईवर्थले नेपालमा अत्याधुनिक सुविधासहिको वासिङ मेसिन बजारमा ल्याएको छ । इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्न सेभेन स्टार प्रो वास टेक्नोलोजीमा आधारित वासिङ मेसिन सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।यो मेसिनले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू […]

टीसीएलका वासिङ मेसिन बजारमा

टीसीएल ब्रान्डअन्र्तगत नयाँ मोडलका वासिङ मेसिन नेपाली बजारमा ल्याइएको छ ।टीसीयल ब्रान्डका यी वासिङ मेसिन चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा ल्याएको हो । फ्रन्ट लोडिङ वासिस मेसिनमा अधिक–हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको कम्पनीले जनाएको छ । त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको […]