चौबिस घण्टामा करिब साढे ८६ लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका बिभिन्न नाकाबाट करिव साढे ८६ लाख थान मेडिकल उपकरण नेपाल भित्रिएका छन्। अधिकांस उपकरणहरु कोरोना नियन्त्रणसँग सम्बन्धित रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ८६ लाख ४५ हजार १०७ थान मेडिकल उपकरण, १० हजार ७११ एमटीक्यू अक्सिजन र कोभिड–१९ टेस्ट किट तथा स्यानिटाइजरलगायतका ओषधिहरु नेपाल भित्रिएको छ।

सम्बन्धित सामग्री

पछिल्लो चौबिस घण्टामा एक करोड १० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो

काठमाडौं। पछिल्लो चौबीस घण्टामा विभिन्न नाकाबाट कोरोना महामारीविरुद्ध प्रयोग गरिने एक करोड १० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको छ। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा १ करोड १० लाख ५२ हजार ५९९ थान मेडिकल उपकरणहरु, २९ हजार १४५ एमटीक्यू अक्सिजन, ९९ हजार २०० भायल्स कोभिड–१९ भ्याक्सिन, कोभिड–१९ टेस्ट किट, स्यानिटाइजर लगायत औषधिहरु नेपाल भित्रिएको छ।

चौबीस घण्टामा साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो

काठमाडौं।अर्थ मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि साढे ५८ लाख थानभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको जनाएको छ।अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ५८ लाख ५२ हजार ३५९ थान बिभिन्न मेडिकल उपकरण, ११ हजार ४६५ एमटिक्यू अक्सिजन तथा औषधि,३ हजार २३४ केजी स्यानिटाइजर, ८६९ केजी कोभिड टेस्ट किट र २० भायल्स रेम्डिसिभर बिभिन्न नाकाबाट नेपाल भित्रिएको छ।

तीस हजार सिरिन्ज नेपाल भित्रियो

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न नेपालमा ३० हजारवटा सिरिन्ज आयात भएको छ। अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार सिरिन्जपछि ९,२०० पल्स अक्सिमिटर, १२० फेस सिल्ड र २१६ मेडिकल फर्निचर आयात भएको छ। यसै गरी दोस्रो लहर फैलिएपछि १,८१,१८२ वटा मेडिकल उपकरण ल्याइएको भने ६,६०२ औषधि भन्सारबाट भित्रिएको छ।