चितवनमा विकास कोइरालाले बढाए सक्रियता, चियापानमा उल्लेख्य सहभागिता

कारबाहीमा परेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सक्रियता बढाएका छन् । लामो समयदेखि निस्कृय रहेका कोइरालाले बुधबार नारायणगढस्थित उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम...

सम्बन्धित सामग्री

महिलाको नेतृत्व र महिलाकै सहभागिता

प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१०, राङखानी, न्वाराघाटदेखि सिर्जनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु. ३ […]

महिलाको नेतृत्व, महिलाकै सहभागिता

बागलुङ । प्राय: विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी न्वाराघाटदेखि सृजनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रू. तीन लाख ९२ हजार ९६६ को लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो । राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुङ्गा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयवासीलाई पैदल यात्रामा सहजता थपेको छ । विशेषगरी वर्षातको समयमा साँघुरो गोरेटोमा यात्रागर्दा चिप्लने डर थियो । साना बालबच्चालाई हिँड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिँढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सृजना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिइन् । उक्त पदमार्ग निर्माणपछि हात्तीढुङ्गासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ । उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रूपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् । पदमार्ग निर्माण गर्दा पनि कामदार महिला नै थिए । विशेष गरी सोलिङ र सिँढी निर्माण गर्न स्थानीय २/४ जना सिपालु पुरुषले सहयोग गरेपनि पैदलमार्ग चाक्लो बनाउने, खोलामा ढुंगा फोड्ने, छपनी निकाल्ने, ढुंगा बोक्ने तथा सिँढी र सोलिङ गर्न पनि महिलानै अघि बढेको अध्यक्ष थापाको भनाइ छ । ‘हामीले ढुंगा फोड्न घन पनि हान्यौं, छिनो पनि समात्यौं,’ अध्यक्ष थापाले भनिन्, ‘महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौं ।’ जैमिनी नगरपालिकाले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२ वटा योजना सञ्चालन गरेको छ । १२ योजनामध्ये ६ योजनाको नेतृत्वमा महिला रहेको रोजगार संयोजक सुरेश पुनले बताए । महिला नेतृत्वमा रहेको योजनामा तोकिएको समयमै काम सम्पन्न भएको संयोजक पुनको भनाइ छ । उनीहरूले दैनिक ६५६ रुपैयाँ पारिश्रमिक पाउँछन् । रासस

एमालेकै कारण नेपालको लैङ्गिक विकास सूचकांकमा सुधार : ओली

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको नतिजास्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको दाबी गरेका गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियाकै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल […]

देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए। उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।

स्टोरी बैंकमा आएनन् पर्याप्त स्क्रिप्ट

काठमाडौं । चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि आह्वान गरे पनि सिनेमा मेकरहरूले पर्याप्त सहभागिता नजनाएको पाइएको छ । बोर्ड स्वयंले निर्धारित मितिमा उल्लेख्य सहभागिता नजनाएको स्पष्ट पारेको छ ।  अपेक्षित सहभागिता नभएपछि बोर्डले स्टोरी पठाउन पुनः समय थप गरेको छ । ३० दिन समय थप गरिएको बोर्डले जानकारी दिएको छ...

शेयर बजारमा महिला सहभागिता बढ्दो

फागुन २४, काठमाडौं । पछिल्लो समय शेयर बजारमा महिलाको सहभागिता बढ्दै गएको छ । हरेक कम्पनीको साधारणसभादेखि ब्रोकर कार्यालयमा महिलाको उपस्थिति बढ्दो छ । केही वर्ष अघिसम्म प्राथमिक बजारमा मात्र महिलाको आकर्षण रहेकोमा अहिले दोस्रो बजारमा पनि उल्लेख्य छ । कोभिडको मध्य समयमा पेशा/व्यवसाय बन्द हुँदा पनि शेयर बजार भने खुला भएको थियो । उक्त समयमा अन्य व्यवसाय गरिरहेका महिला समेत यस क्षेत्रमा आकर्षित भएका थिए । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५० लाख २८ हजार रहेको छ । यसमध्ये महिलाको नाममा खोलिएका डिम्याट खाताको संख्या २१ लाख ३७ हजार छ । यो तथ्यांकबाट पनि शेयर बजारमा महिलाको सहभागिता बढेको देखिन्छ । विशेषगरी परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिलाले शेयरमा लगानी गर्ने गरेको एक शेयर विश्लेषकले बताए । पढेलेखेका र जागीरे महिला मात्र नभएर सर्वसाधारण गृहिणी समेत दोस्रो बजारमा आउन थालेका छन् । यसमा प्रविधिको विकास र विस्तारले झनै सजिलो भएको छ । अनलाइनमार्फत घरबाटै शेयर बजारमा कारोबार गर्न सकिने सुविधाले पनि यस क्षेत्रमा आउने महिलाहरू बढेका हुन् । पछिल्लो दुई वर्ष अवधिमा नयाँ नयाँ बीमा कम्पनी, जलविद्युत् कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लगायतले आईपीओ निष्कासन गरे । शेयर बजारमा महिलाको सहभागिता बढाउन यी कम्पनीको आईपीओ पनि सहयोगी बन्यो । लगानीकर्तालाई निफ्राको शेयर ६० कित्तासम्म परेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ६ सयभन्दा बढी पुगेको थियो । यसले गर्दा पनि शेयर बजारमा लगानी गर्न महिलाहरू आकर्षित भएका छन् । अनलाइनबाटै कारोबार गर्नुहोस् सरिता विष्ट प्रबन्ध निर्देशक, लिन्चस्टक मार्केट पछिल्लोे समय शेयरमा लगानी गर्ने महिला दिदीबहिनीको संख्या बढ्दो देखिन्छ । उहाँहरू पहिले आईपीओ मात्र भर्नुहुन्थ्यो । अहिलो दोस्रो बजारमा कारोबार गर्नेहरू पनि धेरै हुनुहुन्छ । अनलाइन प्रणाली सञ्चालनमा आएपछि धेरैजसोले सोही माध्यमबाट शेयर खरीदविक्री गर्नुहुन्छ । सकेसम्म अनलाइन प्रविधिबाट शेयर कारोबार गर्न अनुरोध गर्दछु । कोभिडका कारण ब्रोकरकहाँ गएर कारोबार गर्ने सहज वातावरण नभएकाले पनि धेरैजसोले अनलाइनबाटै शेयर खरीदविक्री गर्नुहुन्छ, जुन राम्रो अभ्यास हो । शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दो छ सोनम पाठक बुटवल शाखा प्रबन्धक, लिन्चस्टक मार्केट पछिल्लो समय शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दै गएको छ । धेरैजसो महिला जोखिम व्यवस्थापन गरेरै लगानी गर्नुहुन्छ । शेयर कारोबार गर्नेमा धेरैजसो जागीरे महिला हुनुहुन्छ । जागीरबाट अवकाश लिएका महिला भने समयको सदुपयोग गर्न, बुभ्mनरसिक्न ब्रोकर कार्यालय आउनुहुन्छ । नयाँ नयाँ कम्पनीको आईपीओ आइरहेकाले शेयर बजारमा लगानी गर्ने महिलाको संख्या थप बढ्ने देखिएको छ ।  शेयर बजारमा आउने महिलालाई पारिवारिक साथ चाहिन्छ अञ्जु श्रेष्ठ, लगानीकर्ता यो क्षेत्रमा आउन महिला दिदीबहिनीलाई पारिवारिक साथ–सहयोग चाहिन्छ । आवश्यक जानकारी नलिई अरूको लहैलहैमा लागेर कारोबार गर्दा बढी जोखिम हुन्छ । त्यसैले शेयर बजारबारे आधारभूत ज्ञान लिएर मात्र लगानी गर्न आग्रह गर्दछु । अहिले प्रविधिको सुविधाले अहिले घरमै बसी बसी कारोबार गर्न सकिने भएको छ । राम्ररी अध्ययन, विश्लेषण गरेर शेयर बजारमा लगानी गर्दा तुलनात्मक रूपमा बढी लाभ लिन सकिन्छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा उल्लेख्य सहभागिता, १३ हजार ३३४ आवेदन परे

काठमाडौं । सामुदायिक विद्यालय सुधारका लागि ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा उल्लेख्य आवेदन परेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार यो आर्थिक वर्षमा १३ हजार ३३४ निवेदन परेका छन् । केन्द्रले गएको महिना तीन शीर्षकमा आवेदन मागेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १३ शीर्षकमा बजेट छ ।...

महिला सशक्तिकरण विना अर्थसामाजिक विकास असम्भव : मन्त्री शर्मा

कात्तिक ६, वीरगञ्ज  । प्रदेश नं २ का उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले आर्थिक रुपमा महिला सशक्तिकरण विना अपेक्षित आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताएका छन् । नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रवार साँझ वीरगञ्जमा सम्पन्न नेपाली युवा महिला उद्यमी सम्मेलनको उद्घाटन सत्रमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।  आर्थिक रुपमा महिला सशक्तिकरणको विषय जोडतोडले अगाडि आए पनि नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको मन्त्री शर्माले उल्लेख गरे । उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत व्यवस्थाको खाँचो उनले औंल्याए ।   प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवद्र्धनमा प्रतिबद्ध भएको मन्त्री शर्माले स्पष्ट पारे । ‘प्रदेश २ सरकार महिलाहरूलाई उद्यममा अघि बढाउन नीतिगत प्रबन्ध र सुधारका सवालमा सधैं तत्पर छ । यसमा सरकार र उद्यमी बीच सहकार्यको आवश्यकता छ,’ उनले भने ।  उर्जा तथा खानेपानी विकास मन्त्रालयले सञ्चारमाध्यम, कृषि र विद्यालयका लागि सौर्य उर्जामा सहुलियतको योजना बनाइरहेको र त्यो योजनामा महिला उद्यमलाई पनि समावेश गर्ने आश्वासन पनि मन्त्री शर्माले दिए ।  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्यममा महिलाको उल्लेख्य सहभागिता आवश्यक भएको बताए । महिला उद्यमी र उद्यमशीलता प्रवद्र्धनमा संघले सहकार्य गर्ने प्रतिबद्धता पनि गुप्ताको थियो ।  एनवाईईएफ अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलतालाई अघि बढाउन संस्थागत पहल गर्दै आएको बताए । एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारका क्षेत्रमा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् । उनले उद्यममा महिला नेतृत्वको आवश्यकतामा जोड दिइन् । एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलो पटक वीरगञ्जमा भएको सम्मेलनबाट महिला उद्यमीलाई प्रोत्साहन मिल्ने बताए । सफल तथा स्टार्टअप उद्यमी बीच अन्तरक्रियात्मक सम्मेलनबाट नयाँ उद्यमीलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको दाबी थियो । महिला उद्यमशीलता विकास र समस्या समाधानमा सम्मेलन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।  सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता थियो । सो अवसरमा एनवाईईएफले वीरगञ्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तरक्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो ।

मानव विकास प्रतिवेदनमा प्रदेशगत स्थिति

नेपाल मानव विकास प्रतिवेदनको पहिलो प्रतिवेदन सन् १९९८ देखि प्रकाशन हुन थालेको हो । यसको पाँचौं प्रतिवेदनका रूपमा नेपाल मानव विकास प्रतिवेदन २०२० प्रकाशन भएको थियो । यो प्रतिवेदन राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त प्रयासमा आएको हो । अतिकम विकसित राष्ट्रको श्रेणीबाट २०२४ सम्ममा स्तरोन्नति हुने र सन् २०३० पुग्नुअगावै दिगो विकास लक्ष्य पूरा गर्ने प्रतिबद्धता यसले गरेको छ । सन् ७० को दशकको शुरूतिर नेपाललगायत देशहरूलाई न्यूनस्तरको सामाजिक आर्थिक विकास भएका कारण अतिकम विकसित मुलुकको श्रेणीमा राखिएको थियो । यस्ता मुलुकले धेरै किसिमका संरचनात्मक अवरोध र कमजोरीहरू भोग्नु परेको थियो । आर्थिक स्रोतहरूको उत्पादनशील उपयोग गरी अभाव, असमानता, असुरक्षा, गरीबी र कम विकासको जालोबाट उम्कनुपर्ने महत्त्वपूर्ण कदम चाल्नु आवश्यक थियो । नेपालले अतिकम विकसित राष्ट्रको श्रेणीबाट सन् २०२४ सम्ममा स्तरोन्नति हुने गरी तय गरेको मानव सम्पत्ति र आर्थिक जोखिमसम्बन्धी दुईओटा विश्वव्यापी योग्यताका मापदण्ड पूरा गरिसकेको छ । प्रतिव्यक्ति आयलाई हेर्ने हो भने वाग्मती प्रदेशको मात्र राष्ट्रिय औसतभन्दा माथि रहेको छ । लैंगिक  क्षेत्रको सबै तीन आयाममा (सामाजिक आर्थिक र राजनीतिक सशक्तीकरण) उल्लेख्य प्रगति प्राप्त भएको छ । महिलाको प्रतिनिधित्व स्थानीय तहमा ४१ प्रतिशत प्रदेशमा ३४ दशमलव ४ प्रतिशत प्रतिनिधि सभामा ३२ दशमलव ७ प्रतिशत र राष्ट्रिय सभामा ३७ दशमलव ३ प्रतिशत रहेको छ । अझै पनि सामाजिक आर्थिक समूह र भौगोलिक क्षेत्रअनुसार संरचनात्मक असमानता विद्यमान रहेका छन् । यस प्रतिवेदनमा राखिएका तथ्याङ्कीय विवरण कोभिड १९ को महामारी अगावै लिई तयार गरिएको थियो । मानव विकास सूचकाङ्क सन् २०१९ को तथ्याङ्कअनुसार नेपालको मानव विकास सूचकाङ्क शून्य दशमलव ५८७ रहेको छ । यसले नेपाल एउटा मध्यम मानव विकासको श्रेणीमा रहेको जनाउँछ । शहरी क्षेत्रमा यो सूचकाङ्क शून्य दशमलव ६४७ रहेको छ भने ग्रामीण क्षेत्रमा शून्य दशमलव ५६१ रहेको छ । यसले शहरी र ग्रामीण क्षेत्रमा विकासको ठूलो खाडल रहेको जनाउँछ । यस्तो असमानताले ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा रहेको उच्च प्रतिव्यक्ति आम्दानी एवं शिक्षा र स्वास्थ्यमा भएको राम्रो पहुँचलाई उजागर गरेको देखिन्छ । लैंगिक  विकास सूचकाङ्क लैंगिक  विकास सूचकाङ्कले मानव विकासका तीन आधारभूत आयामहरूको पहुँचमा हुने लैंगिक  असमानताभित्र दिनुपर्ने ध्यान उपलब्ध गराउँछ । लैंगिक  खाडल कम गर्न नीतिनिर्माण गर्न र अनुगमन गर्न यो सूचकाङ्क उपयोगी हुने गर्छ । यो सूचकाङ्क महिला र पुरुषका अलग मानहरूबाट मानव विकास सूचकाङ्क निकाली महिला पुरुष अनुपातबाट हिसाब गरी निकालिन्छ । लैंगिक  विकास सूचकाङ्कको मान जति ठूलो हुन्छ त्यहीअनुसार मानव विकासमा लैंगिक  असमानता कम हुन्छ । नेपालको महिला मानव विकास सूचकाङ्क शून्य दशमलव ५४९ रहेको छ भने पुरुषको मानव विकास सूचकाङ्क शून्य दशमलव ६१९ रहेको छ । यसबाट लंैगिक  विकास सूचकाङ्कको मान शून्य दशमलव ८८६ भएको नतिजा देखिन्छ । यसले नेपालको मानव विकासमा लंैगिक  असमानता त्यति उच्च नरहेको देखाउँछ । प्रदेशगत रूपमा भने प्रदेश २ को लैंगिक  विकास सूचकाङ्क मान सबैभन्दा कम रहेको छ । त्यहाँ लैंगिक  असमानता तुलनात्मक रूपले बढी रहेको संकेत गर्छ । महिलाको मानव विकास सूचकाङ्क पुरुषको तुलनामा २१ प्रतिशतले कम रहेको छ । वाग्मती प्रदेशको लैंगिक  विकास सूचकाङ्कको मान उच्च रहेको छ । त्यहाँ लंैगिक असमानता सबैभन्दा कम रहेको छ । लैंगिक  असमानता सूचकाङ्क लैंगिक  असमानता सूचकाङ्क मानव विकासका लागि सबैभन्दा ठूला अवरोधहरूमध्ये एक हो । यो नयाँ मापनका रूपमा आएको विधि हो जसमा महिलाका तीन आयाम प्रजनन स्वास्थ्य, सशक्तीकरण र आर्थिक क्रियाकलापलाई समेटिन्छ । मातृ मृत्युदर र किशोरी प्रजनन दरबाट प्रजनन स्वास्थ्य मापन गरिन्छ । सशक्तीकरण मापनका लागि सदनमा महिला र पुरुषको सदस्य संख्याका साथै महिला र पुरुषबाट प्राप्त गरेको माध्यमिक तहको र उच्च तहको शिक्षालाई आधार लिइन्छ । आर्थिक क्रियाकलापको मापनका लागि श्रम बजारमा महिला र पुरुषको सहभागिता दरलाई आधार लिइन्छ । लैंगिक  असमानता सूचकाङ्क ० देखि १ बीचमा हुन्छ । शून्यले मानव विकासमा पूर्णतः लैंगिक  समानता दर्शाउँछ भने १ ले पूर्णतः लैंगिक  असमानता दर्शाउँछ । यस प्रकार जति बढी मान हुन्छ त्यति बढी लैगिक  असमानता भएको बुझ्नुपर्छ । नेपालको सदनमा ३३ दशमलव ५ प्रतिशत सीट महिला सांसदले ओगटेका छन् । २५ वर्ष वा त्यसभन्दा बढी उमेरका महिलाहरू जो कम्तीमा पनि माध्यमिक तहको शिक्षा प्राप्त गरेका छन् उनीहरूको संख्या १२ प्रतिशत छ । यस्तो प्रतिशत पुरुषको ४३ दशमलव १ रहेको छ । १५ देखि १९ वर्षका किशोरी प्रति १ हजार जनाले ६१ बच्चा जन्माउँछन् । श्रम बजारमा महिलाको अंश ६७ प्रतिशत रहेको छ, पुरुषको भने ७१ दशमलव ६ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी लैंगिक  असमानता रहेको छ, त्यसपछि सुदूरपश्चिममा । वाग्मती प्रदेशमा सबैभन्दा कम लैंगिक  असमानता रहेको छ ।   बहुआयामिक गरीबी कुल गणना परिवर्तन यसमा कुल जनसंख्यामा गरीबको संख्या प्रतिशतमा लिने गरिन्छ । यसका लागि विगतमा भएका दुई सर्वेक्षणको आधार लिइएको हो : सन् २०११ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण र सन् २०१४ को बहुसूचकाङ्क क्लस्टर सर्वेक्षण । सन् २०१४ को बहुसूचकाङ्क क्लस्टर सर्वेक्षणअनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी ५१ प्रतिशत र दोस्रो बढीमा प्रदेश २ मा ४८ प्रतिशत गरीबी रहेको देखिन्छ । सबैभन्दा कम वाग्मती प्रदेशमा १२ र दोस्रो कममा गण्डकी प्रदेशमा १४ प्रतिशत रहेको छ । सन् २००६ बाट सन् २०१४ सम्म आइपुग्दा नेपालले बहुआयामिक गरीबी छाप छोड्ने खालको प्रगति प्राप्त गरेको थियो । लेखक प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका अधिकृत हुन् ।

महिलाको नेतृत्व, महिलाकै सहभागिता

प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ ।