आठ सय कृषि फार्मलाई अनुदान

गण्डकी, ६ भदौ । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक […]

सम्बन्धित सामग्री

उत्पादनमा आधारित कृषि अनुदान

बलेवा– जिल्लाको गलकोट नगरपालिकाले किसानका फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना ल्याएको छ । तीन सय केजीभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकेजी रू तीनका दरले अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको हो । किसानलाई फलफूल तथा तरकारी उत्पादन बढाएर पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’ ल्याइएको वडा नं २ का वडाध्यक्ष […]

व्यावसायिक फार्मका लागि चार करोड अनुदान

दमौली, १२ असोज । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो । आयोजनामार्फत १३ व्यावसायिक फार्मले चार करोड ५२ लाख चार हजार पाँच सय १६ अनुदान पाएको भेटेरीनरी अस्पताल […]

झापाका कृषकलाई ४५ लाख अनुदान

बनियानी – प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिएका छन् । जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् […]

झापामा कृषकलाई रु चार करोड अनुदान

कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको सशर्ततर्फको रु २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकला

झापामा कृषकलाई रु चार करोड अनुदान

काठमाडौँ,१९ साउन । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । प्रदेश सरकारमार्फत रु […]

कृषि ज्ञान केन्द्र झापाद्वारा कृषकलाई चार करोड अनुदान उपलब्ध

बनियानी– कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । प्रदेश सरकारमार्फत दुई करोड १३ लाख […]

उत्पादनका आधारमा कृषि अनुदान

काठमाडौं । सरकारले कृषिक्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिँदै उत्पादनका आधारमा मात्रै अनुदान दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि तयार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो जानकारी दिनुभएको हो । सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान अन्य क्षेत्रमा पुगेको कुरा बाहिरिएपछि उत्पादनका आधारमा वास्तविक किसानलाई मात्रै अनुदान दिने नीति लिएको देखिएको छ । सरकारले कृषिक्षेत्रलाई आर्थिक विकासको प्रमुख खम्बाका रुपमा अघि बढाउन कृषकको संरक्षण गर्ने नीति लिने र कृषकले उत्पादन गरेको उपज खरिद गर्ने व्यवस्था मिलाउने भएको छ । कृषि अभियन्ताहरुले भने उत्पादनका आधारमा मात्रै कृषि अनुदान प्रभावकारी हुन नसक्ने बताइरहेका छन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले किसानको वर्गीकरण नगरी उत्पादनका आधारमा अनुदान दिनु ठीक नहुने बताए । ‘यस्तो खालको नीति ठूला किसानको हकमा मात्रै राम्रो हुने भएकाले साना किसान समस्यामा पर्न सक्छन् । त्यसैले कृषि अनुदान दुरुपयोग भएको अवस्थामा सोको छानविन गरी कारवाहीको प्रक्रियामा जानु राम्रो हुन्छ,’ उनले आर्थिक अभियानसँग भने । नीति तथा कार्यक्रममा उल्लिखित कृषकको संरक्षण गर्ने कुरा स्वागतयोग्य भए पनि त्यो पूरा गर्न स्पष्ट नीति नदेखिनुलाई आशालाग्दो मान्न नसकिने उनले बताए  । रासायनिक मलको उपलब्धता सुनिश्चित गर्ने र आगामी आर्थिक वर्षदेखि प्रांगारिक मलमा पनि रासायनिक मलकै अनुपातमा अनुदान दिने सरकारको नीति छ । त्यसैगरी कृषक संरक्षणका लागि कृषि तथा पशुधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँच दुर्गम र विपन्न वर्गसम्म पुर्‍याउने भनिएको छ । उखु किसानको संरक्षण र उखुबाली प्रवर्द्धनका लागि सरकारले उखु क्रसिङ भएकै वर्ष त्यसको प्रवर्द्धन खर्च उपलब्ध गराउने भएको छ । गएको कात्तिक पहिलो साता मुलुकभर भएको बेमौसमी वर्षातका कारण कृषि बालीमा पुगेको क्षतिको राहत जतिसक्दो चाँडो उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले बाँझो जमिनमा सामूहिक र सहकारी खेती गर्न किसानलाई प्रोत्साहन गर्नेछ । बाँझो जमिनको सदुपयोग गर्दै मूल्य शृंखलामा आधारित सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गर्ने भनिएको छ । अत्यधिक आयात भइरहेका खाद्यान्न उत्पादनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नेछ । यसअन्र्तगत धेरै आयात हुने धान, मकै, आलु, प्याज, स्याउ, ओखर जस्ता वस्तुको उत्पादन  बढाउन विशेष कार्यक्रम ल्याउनेछ । यसका साथै वर्णसंकर जातका बीउविजनमा आत्मनिर्भर, वातावरणमैत्री स्थानीय बीउबिजनको विकास र अनुसन्धानमा जोड दिई अर्गानिक खेतीपातीलाई प्रोत्साहन गर्ने नीति छ । खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने कुरामा पनि विशेष जोड दिइएको छ । सरकारले आगामी वर्ष थप २२ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । त्यसैगरी ठूला तथा बहुउद्देश्यीय सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य लगायत भेरी बबई डाइभर्सन हेडवर्क्स तथा पावरहाउस र सुनकोसी मरिन डाइर्भसनको सुरुङ निर्माण कार्य तीव्र रुपमा अघि बढाइने भनिएको छ । कृषिक्षेत्रमा सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै राष्ट्रिय किसान आयोगका निवर्तमान अध्यक्ष चित्रबहादुर श्रेष्ठले समग्रमा कृषिक्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुलाई राम्रै मान्नु पर्ने बताए । यद्यपि नीति तथा कार्यक्रममा समेटिएका कुरा बजेटमा के कति आउँछन् र  कार्यान्वयनका चरणमा कति योजना पुग्छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुने उनले बताए ।

बाँकेमा ब्याज तथा अनुदान रकम वितरण

यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुप

कर्णाली प्रदेश सरकारको अनुदान कार्यक्रममार्फत दुई सय ४० कृषकले ऋण लिए

काठमाडौ‌ । कर्णाली प्रदेश सरकारले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको यो कार्यक्रममार्फत दुई सय ४० जनाले ऋण लिएका हुन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक कृषि, पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले […]

२ सय ४० जनाले पाए व्याजमा अनुदान

कर्णाली प्रदेश सरकारले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् ।प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको यो कार्यक्रममार्फत अहिलेसम्म दुई सय ४० जनाले ऋण लिएका हुन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक कृषि, पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले यो ऋण […]