झापाका कृषकलाई ४५ लाख अनुदान

बनियानी – प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिएका छन् । जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् […]

सम्बन्धित सामग्री

खाली बोरा ओढेर किसान आन्दोलित

सरकारले रासायनिक मलको खरिदमा किसानलाई दिँदै आएको अनुदान घटाएको भन्दै झापाका किसान आन्दोलित भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको गत फागुन २६ गतेको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि त्यसको विरोधमा झापाका किसानले खालि बोरा ओडेर राष्ट्रिय झण्डा र मकै तथा अन्य कृषि […]

बोरा ओढेर झापाका किसान सडकमा

भद्रपुर । सरकारले रसायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको बिरोधमा झापाका किसानहरुले बोरा ओढेर प्रदर्शन गरेका छन् । हातमा राष्ट्रिय झण्डा बोकेर शुक्रबार विर्तामोड सडकमा उत्रिएका उनिहरुले रसायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज , बिना धितो कृषी […]

सम्झौता अनुसारको कृषि अनुदान दिन माग

झापाका किसानहरुले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् ।अदालतले निजी फर्म र कम्पनी आयोजनाको सम्झौताअनुरुपको लक्षित वर्गभित्र नपर्ने र सोहीबमोजिम भुक्तानी रोक्का राख्नु भनी जारी भएको अन्तरिम आदेशको उनीहरुले विरोध गरेका हुन् ।पीडित किसान संघर्ष समितिले आइतबार […]

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् ।  पर

मलको अभावले केरा खेतीनै खुम्चियो

काठमाडौं । रासायनिक मलको अभावका कारण झापाका केरा खेती गर्दे आएका किसान मर्कामा परेका छन् । जिल्लामा मल पाउन छाडेपछि केरा उत्पादन घट्नुका साथै खेती खुम्चियोन थालेको छ । पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिई जग्गा भाडामा लिएर केरा खेती गर्दे आएका किसानहरुले भाडा तिर्न समस्या भएको भन्दै जमिन र्फिता दिन थालेका छन् […]

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ ।  कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ ।जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइँदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७–०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट

झापाका कृषकलाई दुई करोड अनुदान

साउन १०, झापा । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करीब रू. दुई करोड अनुदान उपलब्ध गराएको छ ।  केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई रू. एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए । मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई  रू. दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई रू. २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई रू. नौ लाख एक हजार १०० अनुदान उपलब्ध गराइएको छ । त्यस्तै, बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई रू. तीन लाख ९६ हजार ८००, बगरखेती प्रवर्द्धनका लागि छ पालिकाका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत छ पालिकाका फार्मलाई रू. ६ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई रू. १० लाख अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए । कृषि हाटबजार तथा संकलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रू. ४० लाख अनुदान उपलब्ध गराइएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई रू. १०/१० लाखका दरले दिइएको कार्यालयले जानकारी दिएको छ । रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई रू. एक लाख दिइएको छ । नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई रू. २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरीदका लागि ८२ व्यक्ति/समूहलाई रू. ७० लाख १३ हजार ४०० अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयले न्यूनतम रू. १८ हजार ७०० देखि अधिकतम रू. एक लाख २७ हजार ७०० अनुदान दिइएको बताएको छ । रासस

झापाका कृषकलाई दुई करोड अनुदान

काठमाडौं। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड ९९ लाख ५४ हजार ९०० रुपैयाँ अनुदान उपलब्ध गराएको हो। ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले १२ पालिकाका किसानलाई उक्त रकम हस्तान्तरण गरेको जानकारी दिए।

झापाका ८४ जना किसानलाई कृषि औजार वितरण

झापा : कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो।केन्द्रमा आइतबार आयोजित कार्यक्रमका प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले औजार हस्तान्तरण गरेका हुन्। औजार हस्तान्तरण कार्यक्रममा मन्त्री मगरले सरकार