काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। गएराति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए। बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा