मानव अधिकार आयोगले मासु पसल र अस्पतलामा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जिवाणु हुन सक्ने जनाएको छ। नगद पैसा (नोट तथा सिक्का) निर्मलीकरण नगरी बजारमा आउँदा त्यसबाट विभिन्न रोग फैलन गई मानिसको स्वास्थ्यको अधिकार हनन् भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक समेतलाई सफा नोट सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न सिफारिस गरेको छ।