बैतडीमा परिवार नियोजनका अस्थायी साधन अभाव

बैतडी : बैतडीमा परिवार नियोजनका अस्थायी साधन अभाव भएको छ।जिल्लाभरका स्वास्थ्य संस्थामा महिलाहरूले प्रयोग गर्ने अस्थायी साधन तीन महिने सुई (डिपो) अभाव भएको हो।जिल्लाका सबै स्वास्थ्य संस्थामा डिपो अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 'परिवार नियोजनको अस्थायी साधन डिपो अभाव भएको छ,' उनले भने, ‘डिपोको माथिबाट नै आपूर्ति बन्द हुँदा स्थानीयस्तरमा पनि अभाव देखिएको छ, अहिले देशभर नै अभाव भएको छ, यसको असर यहाँ पनि परेको हो।’तीन

सम्बन्धित सामग्री

काभ्रेमा परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू

काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू गरेको छ । साेमबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा शाखा प्रमुख तुलसीदेवी मानन्धरले यस्ताे बताउनुभएकाे हाे । महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा काभ्रेको बनेपा र पाँचखालमा सुरु गरिएको […]

निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित

परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन्। जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ।

बाल र मातृ मृत्युदर घट्यो

नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।       परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्युदर घटेको बताए । उनले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा विकास क्षेत्रमासमेत सकारात्मक प्रभाव पारेको बताए ।

नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने ४७ प्रतिशत व्यक्ति मात्र

काठमाडौं, भदौ ३१ । परिवार कल्याण महाशाखाले नेपालमा ४७ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने जनाएको छ । परिवार नियोजन दिवसको अवसरमा बिहीबार गरिएको कार्यक्रममा महाशाखाले ४४ प्रतिशत व्यक्तिले आधुनिक परिवार नियोजनको साधानको प्रयोग गर्ने गरेको जानकारी दिएको छ । परिवार नियोजन साधानको प्रयोगले मातृ तथा शिशु मृत्युदर उल्लेख रुपमा घटेको भन्दै कार्यक्रममा […]

गर्भ निरोधका साधन प्रयोग गर्दा होसियार !

– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) परिवार नियोजन वा गर्भ निरोधका साधनको प्रयोगले महिलालाई गर्भ रहनबाट रोकेर उनको स्वास्थ्य राम्रो त पार्छ तर साधन प्रयोग गर्दा होसियारी नअपनाए अनेक कुप्रभाव पनि पर्न सक्छ । यस्ता साधनहरूको प्रयोगले शरीरमा ‘नराम्रो बोसो’ को मात्रा बढेर जान सक्ने र यसले गर्दा उच्च रक्तचाप पनि हुनसक्छ । तर यसको […]

परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन

करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत भन्दामाथि रहेको छ ।

किन प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम ? :: Pahilopost.com

कल्पना पौडेल काठमाडौँः सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको छैन। सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन्। विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहजरुपमा परिवार नियोजनका साधन पाइँदैनन्। पर्याप्त

परिवार नियोजनका साधन प्रयोगकर्ता न्यून

पछिल्ला वर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भए पनि १३ जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून पाइएको छ । ती जिल्लामा परिवार नियोजनका साधन प्रयोगकर्ता ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको तथ्यांक छ ।

परिवार नियोजनका साधन प्रयोगकर्ता घटे, किन ?

काठमाडौं । पछिल्ला बर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भएपनि १३ जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून रहेको पाइएको छ ।

दुई महिनाभित्र परिवार नियोजन संघको पुनर्संरचना गरिने

काठमाडौं। नेपाल परिवार नियोजन संघ ५९ वर्षमा प्रवेश गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र परिवार नियोजनको अस्थायी साधन प्रयोगको उद्देश्यसहित ५८ वर्षअघि विस २०१६ साल असोज २ गते नेपालको पहिलो महिला मन्त्री द्ववारिकादेवी ठकुरानीको अगुवाईमा यसको स्थापना भएको हो ।