आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ : आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताएका छन्।निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताए।आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हु

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनमा आजदेखि आचारसंहिता लागू हुने

काठमाडौं, २ माघ। यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो। मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ।आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन। कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन।

आजदेखि आचारसंहिता लागू

प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि बुधबार (आज)देखि आचारसंहिता लागू हुँदैछ । स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता,...

चुनावी आचारसंहिता आजदेखि लागू : के-के गर्न नपाइने ?

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता  लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् ।   स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा ...

लागू भयो निर्वाचन आचारसंहिता

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकाय र मतदातासम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता लागू भएपछि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ।प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउ

निर्वाचन आचारसंहिता भोलिदेखि लागू गर्ने निर्णय

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको आचारसंहिता भोलिबाट लागू हुने भएकाे छ। बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए। उनले भने, ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ।’उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता– २०७९ लागू गर्न लागेको हो ।  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२...

निर्वाचन आचारसंहिता लागू (पुर्णपाठसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो । आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार […]

आजदेखि निर्वाचन आचारसंहिता लागू

स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आज (शुक्रबार) देखि नै आचारसंहिता लागू भएको जनाएको छ।  आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगले...

राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू

काठमाडौं : आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।आयोगले पुस २६ गते (सोमबार)बाट लागू हुने गरी राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो।आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र राज्यका सबै निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए।सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सोमवारबाट निर्वाचन आचारसंहिता लागू भएको छ । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता लागू गरिएको हो ।  आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार...