काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकाय र मतदातासम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता लागू भएपछि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ।प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउ