एउटा विकास बैंकको बदमासीले दाङका ३३ जना व्यक्ति 'लिंदै नलिएको ऋण' नतिरेको अभियोगमा मुद्दा खेपिरहेका छन् । करिब १८ करोड रुपैयाँको यो खेलमा जोडिएको बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई भने अदालतले समेत उन्मुक्ति दिइसकेको छ ।
२५ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसमा विहीबार दाङका सन्देश शर्माको पक्षबाट बहस गर्ने पालो आयो । कानून व्यवसायीहरु उनीभन्दा पनि पहिलो जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमा केन्द्रित भए । उनीहरुको एकै स्वरमा तर्क थियो, ‘दाङमा ठगी मुद्दा चलेको व्यक्ति कसरी पीडित हुनसक्छ ?’ सन्देशको बचाउका लागि कानुन व्यवसायीहरुले जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमाथि प्रश्न उठाउनुको खास […]