काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।