ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ ।

सम्बन्धित सामग्री

५३८ वर्ष पुरानो मन्दिरको पुनर्निर्माण अलपत्र

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरको यक्षश्वर महादेव (भक्तपुरको पशुपतिनाथ मन्दिर) पुनर्निर्माण थालेको ठेकेदार कम्पनीले तीन महिनादेखि काम अलपत्र छाडेको छ । २०७२ वैशाखको भूकम्पको धक्काले क्षतिग्रस्त यक्षश्वर महादेव मन्दिर पुनर्निर्माणको जिम्मा पाएको एनपीएस/राज जेभीले तेस्रो व्यक्तिलाई कामको जिम्मा दिएर गत मंसिरयता निर्माणको काम रोकेको हो ।

गोरखा दरबार पुनर्निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता

गोरखा : २०७४ कार्तिक महिनामा लागेको ठेक्का सम्झाैताअनुसार काम भएको भए भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार पुनर्निर्माणको यतिखेर सम्पन्न भइसक्नुपर्ने हो। तर ठेकका अवधिको म्याद सकिइसक्दा यो दरबार पुनर्निर्माणको जम्माजम्मी ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। दुई बर्षभित्रै निर्माण सम्पन्न गर्छु भन्दै २०७४ कार्त...