सप्तरी । कोसी सम्झौता गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् । कोसी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले आज (बुधबार) बिहान प्रदर्शन गरेका हुन् […]