संविधान दिवसका अवसरमा जिल्ला कारागार कास्कीबाट २१ जना कैदी रिहा भएका छन्। कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार दुई महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएका हुन्। रिहा हुने कैदीमा बहुविवाह मुद्दाका दुई महिला र दुई पुरुष, कर्तव्य ज्यान आठ, सवारी ज्यान दुई, ज्यान मार्ने उद्योग तीन, चोरीका तीन जना रहेको कारागार प्रमुख कोइरालाले जानकारी दिनुभयो।