वीरगन्ज। ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएर वीरगन्ज कारागारबाट १० जना कैदी रिहा भएका छन् ।संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशका विभिन्न कारागारमा रहेका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । ती मध्ये वीरगन्ज कारागारका १० जना कैदीको पनि सजाय मिनाहा भएर आइतबार […]
दैलेख : संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताउनुभयो ।