पर्वत : गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमित भएकाहरूको संख्या सात हजार नाघेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार प्रदेशभर कुल सक्रिय संक्रमितहरूको संख्या सात हजार २६२ रहेको छ।यस अगाडिका लहरमा कडा लक्षणसहित स्वास्थ्य नै गम्भीर बन्ने गरेका कारण धेरै संक्रमित अस्पताल तथा सामुदायिक आइसोलेसनमा बसेका थिए। अहिलेको लहरमा भने ९९ प्रतिशत संक्रमित घरमै बसेको निर्देशनालयको तथ्यांकबाट देखिन्छ।संयोजक शर्माका अन