अमेरिकाका राष्ट्रपति जो बाइडनले बुधवार कर्मचारीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउँदै एकअर्कालाई सम्मान गर्न आग्रह गरेका छन् ।
अपमान गर्नेलाई ठाउँको ठाउँ बर्खास्त गर्ने चेतावनी उनले दिएका छन् ।
स्टेट डाइनिङ रूममा बोल्दै बाइडनले जीवनभरि अपनाएको मर्यादा पालनमा जोड दिए । उनले नवनियुक्त कर्मचारीहरूलाई संसारको सबभन्दा मर्यादित सरकारसँग काम गरिरहेको र सबैले मिलेर देशको आत्मा पुनर्बहाली गर्नुपर्ने बताए ।
‘जसको जे पृष्ठभूमि भए पनि प्रत्येक व्यक्तिको मर्यादालाई सम्मान गर्नुपर्छ,’ बाइडनले भने । &l...