सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु बनाएर सोमवार दिउँसो भूकम्पको दुई वटा धक्का महसुस गरिएको छ ।
दिउँसो १ बजेर ४६ मिनेट तथा १ बजेर ५६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.७ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।
पछिल्लो पटक असोज ३१ गते गोर्खा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।