बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित सामग्री

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ४ मंसिर। बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हा। गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ।

बझाङ केन्द्रबिन्दु भएर फेरि ५.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । बुधवार साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । स्थानीयहरु त्रासका […]

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला - दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे । दार्चुलालगायत सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे छ । डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका...

बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

सुदूरपश्चिम प्रदेशमा फेरि भूकम्प गएको छ।  शनिबार बेलुका राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।  सुदूरपश्चिमका दार्चुला, डाेटी, बैतडी, बझाङ,...

बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताउनुभयो ।

४.६ म्याग्निच्युडकाे भूकम्प, केन्द्रबिन्दु बझाङ

बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

२४ जेठ, बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको […]

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं – बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ। बहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यो नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। २०७२ सालको शक्तिशाली भूकम्पपछि हजारौं परकम्प गएका छन्।

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, बैशाख ६ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर आज विहान भूकम्प गएको छ । विहान ६ बजेर पाँच मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । कम्पन्न केहि सेकेन्डको मात्रै भएकाले कुनै धनजनको क्षति नभएको समेत केन्द्रले जनाएको छ । भूकम्पको पराकम्प आसपासका जिल्लाहरुमा समेत गरिएको छ ।

भूकम्पको धक्का महसुस, बझाङ सैनपसेला केन्द्रबिन्दु

बझाङ : बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्प गएको छ।  बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।