चिसोले रित्तिँदै लेक, भरिँदै बेसी

तेह्रथुम– जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानको खोजीमा बेसी सार्न थालिएको छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लो भेगका खर्क र बेसीमा चहलपहल बढेको छ। ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ। मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि […]

सम्बन्धित सामग्री

बेसी झर्न थाले उत्तरी गोरखाका भेडीगोठ

जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।

माथिल्लो मुगुमा चिसो बढ्यो, बेसी झर्दै गाउँले

मुगु । पुस दोस्रो साता सुरु हुँदैगर्दा हिमाली बस्ती अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुवासी तातो र पारिलो बेसी झर्न थालेका छन् । पूर्वी–उत्तरी भेग करान कार्मारोङ गाउँपालिकाका वस्तीमा हिउँ नपरे बग्ने पानी र चिसोले बरफ जम्न थालेपछि पशु–चौपाया, बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवतीलाई समेत चिसोले सताउन थालेपछि गाउँले बेसी थालेका हुन् । कार्मारोङ गाउँपालिकाको तिब्बती सीमावर्ती […] The post माथिल्लो मुगुमा चिसो बढ्यो, बेसी झर्दै गाउँले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जाडो छल्न औल झारेका भेडाबाख्रा गाउँ फर्काउन सुरु

हिमाली भेगका हिउँदमा चिसो हुने डरले भेडाबाख्रा सहित बेँसी झरेका भोटे समुदायका कृषक गर्मी बढेसँगै यती बेला धमाधम गाउँ फर्किन थालेका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रका अधिकाशं भोटे समुदायका स्थानीय जीविकोपार्जनका लागि भेडाबाख्रा पालन गर्ने गर्दछन् । भेडाबाख्रलाई हिउँदमा चिसोले गाउँ र वर्खामा तातोले बेसी बस्न नसिने भएपछि उनीहरु हिउँदमा भेडाबाख्राका साथ बेँसीमा झर्ने र गर्मीयाम हिमाली भेगमै बसोबास गर्ने गर्दछन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने बूढीनन्दा, स्वामिकार्तिक, हिमाली र जगनाथ गाउँपालिकामा बसोबास गर्दै आएका भोटेसमुदायलाई हिउँदमा भेडाबाख्रालाई चरन टिपन गर्न असहज हुने हुँदा प्रत्येक वर्षमा कात्तिक महिना बेसी झर्ने गर्दछन् ।

कर्णालीमा हिमपात, किसान उत्साहित

जुम्ला-कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लासँंगै मुगु, हुम्ला, डोल्पा र कालिकोटमा मंगलबार रातिदेखि भारी हिमपात भएको छ । बुधबार साँझसम्म जारी हिमपातले कर्णालीमा सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ भने दैनिकी जनजीवन कष्टकर बनेको छ । दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, सडक मानव चिसोले प्रभावित भएका छन् ।उच्च भू–भागमा चार फिट बढी र बेसी क्षेत्रमा […]