हिमाली भेगका हिउँदमा चिसो हुने डरले भेडाबाख्रा सहित बेँसी झरेका भोटे समुदायका कृषक गर्मी बढेसँगै यती बेला धमाधम गाउँ फर्किन थालेका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रका अधिकाशं भोटे समुदायका स्थानीय जीविकोपार्जनका लागि भेडाबाख्रा पालन गर्ने गर्दछन् ।
भेडाबाख्रलाई हिउँदमा चिसोले गाउँ र वर्खामा तातोले बेसी बस्न नसिने भएपछि उनीहरु हिउँदमा भेडाबाख्राका साथ बेँसीमा झर्ने र गर्मीयाम हिमाली भेगमै बसोबास गर्ने गर्दछन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने बूढीनन्दा, स्वामिकार्तिक, हिमाली र जगनाथ गाउँपालिकामा बसोबास गर्दै आएका भोटेसमुदायलाई हिउँदमा भेडाबाख्रालाई चरन टिपन गर्न असहज हुने हुँदा प्रत्येक वर्षमा कात्तिक महिना बेसी झर्ने गर्दछन् ।