रुकुम पूर्व – एक महिलाको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुना राख्न आदेश भएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।
सोमवार वडाध्यक्षसँगै त्यही वडाका निवर्तमान अध्यक्ष जयबहादुर बुढा र उहाँका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नाय...