अपहरणपछि हत्या अभियोगमा वडाध्यक्षसहित तीन जना थुनामा

निर्वाचनका बेला एक महिलालाई अपहरणपछि हत्या गरेको अभियोगमा रुकुम पूर्वको जिल्ला अदालतले त्यहाँका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष कुमारसिंह , पूर्व वडाध्यक्ष जयकुमार बुढा र माओवादी केन्द्रका गाउँ नेता अर्जुन कुमार बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।सोमबार जिल्ला न्यायधीश सनतचन्द्र लवटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिई सोमबार नै उनीहरूलाई थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम ( पूर्व ) का प