डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग

भूगोलविद्  डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा  ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।  समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी धर्मपत्नी मञ्जुले मस्र्याङ्दी –७ का वडाध्यक्ष  युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गरे ।उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले ...

सम्बन्धित सामग्री

बाल अस्पताल निर्माणका लागि मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले झापाको दमकमा निर्माणाधीन बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्थापनाको १७औँ वर्ष प्रवेशको अवसर पारेर बैंकले प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक...

काभ्रेमा स्वास्थ्यचौकी निर्माणका लागि जापानी सहयोग

नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासमा ठूलो सहयोग गर्दैआएको जापानले काभ्रेपलाञ्चोकमा स्वास्थ्यचौकी निर्माणका लागि करिक डेढ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सो सहयोग परियोजनाको सम्झौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र सशक्तिकरण समाज नेपालका अध्यक्ष मनोजराज पन्तले हस्ताक्षर गर्नुभएको छ । जापानको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक …

नयाँ कक्षाकोठाका निर्माणका लागि जापानले गर्‍याे सहयोग

संखुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालयमा नयाँ कक्षाकोठाका निर्माणका लागि जापानले सहयोग गरेको छ।...

गुम्बा निर्माणका लागि पोर्चुगलबाट आर्थिक सहयोग

काठमाडौँ,१० असोज ।दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि यहाँ सङ्कलन गरिएको रु १२ लाख ५५ हजार छ सय १४ सहयोग रकम प्रदान गरिएको हो । सङ्कलित रकम रेमिट्यान्समार्फत गुम्बा व्यवस्थापन समितिलाई पठाइएको सहयोग […]

‘सर्वजित’ चलचित्र निर्माणका लागि मन्त्री आलेले दिए पाँच महिनाको तलब सहयोग

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेका छन्। आज मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दिनेश डिसीसहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी दुई लाख ८० हजार ९०० रुपैयाँ प्रदान गरेका हुन्। ‘सर्वजित’ चलचित्र दलित आन्दोलनका बागलुङका अगुवा भगत सर्वजित […]

मनमोहन स्मृति अस्पताललाई अक्सिजन प्लान्ट निर्माणका लागि महानगरको १५ लाख सहयोग

काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ।

भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

बृज सिमेन्ट इन्डष्ट्रिजले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ । शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो ।पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरूलाई सहायता प्रदान गर्दै आएको छ […]

सानिमा बैंकद्वारा बाल अस्पताल निर्माणका लागि चाइल्ड हेल्थलाई १ करोड सहयोग

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान कोइराला र सानिमा बै

तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि अमेरिकाबाट २ लाख  बढी सहयोग

दाङ : तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्नेक्रम बढेको छ। कोरोना महामारीको समयमा सामाजिक उत्तरदायित्व पुरा गर्दै तुलसीपुर घर भई हाल अमेरिका बस्दै आएका नौ जनाले सामूहिकरुपमा एक लाख २८ हजार सहयोग गरेका छन्।कोरोना महामारीसँग जुध्न हातेमालो गर्दै उनीहरुले उपमहानगरले स्थापना गरेको ‘कोभिड विपद् कोष’ मा उक्त सहयोग पठाएका हुन्।तुलसीपुर ६ निवासी सूर्य प्रकाश योगी खिम डाँगी, विनय धिताल, कृष्ण रेउले, खुम चलाउने, वसन्त अधिकारी, तुलसीपुर–९ निवासी रवीन्द्र

रङ्गशाला निर्माणका लागि कैदीबन्दीको सहयोग

कञ्चनपुर : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कञ्चनपुर कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।सिदा खर्च वाफत पाइने रकम जम्मा गरी कैदी बन्दीले ११ हजार पाँच सय रुपैयाँ रङगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सीताराम कट्टेल (धुर्मुस) लगायतको टोलीलाई हस्तान्त्रण गरेका हुन्।यस्तै झलारी बजारका व्यवसायी, संघ संस्था, स्थानीयबासी र सहकारी संस्थाले पनि फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।  शुक्लाफाँटा नगरपालिका&ndash